Close This

चेम्बर अफ कमर्स हरिवनद्वारा राष्ट्र बैककाे विराेधमा प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२३ गते   १३५१ पटक हेरिएको

सर्लाहीको हरिवनका व्यापारीहरुले राष्ट्र बैककाे विराेधमा प्रदर्शन गरेका छन्। राष्ट्र बैकले अनाधिकृत रुपमा व्याज बढाएपछि राष्ट्र बैकले बढाएकाे चर्काे ब्याज  फिर्ता लिन माग गर्दै चेम्बर अफ कमर्स हरिवन नगर समितिले विराेध प्रदर्शन गरेकाे हाे ।
काेराेनाले करिब २ वर्ष थलिएकाे व्यापार व्यावसाय माथि बैकहरुले ब्याज बढाएर थप ढाड सेक्ने काम गरेकाे चेम्बर अफ कमर्स सर्लाहीका अध्यक्ष रामभक्त प्रधानले बताए । बैकहरुले अनाधिकृत रुपमा ब्याज बढाए पछि व्यापार व्यावसाय गर्नेहरु निकै मारमा परेका र अहिलेकाे अवस्था जारी रहे व्यापारी,व्यावसायिहरुले राष्ट्र बैकलाई तालाचावी बुझाउनु पर्ने अवस्था आउने उनले बताए ।   
चेम्वर अफ कमर्स हरिवन नगर समितिकाे आयाेजनामा हरिवन नगरपालिका ११ स्थित पुर्व पश्चिम लोकमार्गमा  बैंकको ब्याजदर बढाएको भन्दै बिरोध र्याली" लेखिएको ब्यानर सहित बजार परिक्रमा गरेको चेम्बर अफ कमर्स हरिवन नगर कमिटिका अध्यक्ष कृष्ण ओम पोतेको बताए ।                                  उनकाे नेतृत्वमा हरिवन नगरपालिका ११ का व्यापारी व्यावसायहरुकाे  सहभागीतामा बैंकहरुले बढाएको चर्काे ब्याजको बिरोधमा  र्याली गरिएको हाे । बिरोधमा  र्यालीमा हरिवनका व्यापारी व्यवसायीहरुकाे सहभागीता रहेकाे थियाे । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech