लालबन्दी १७ मा माओवादी केन्द्रका उम्मेदवारहरुलाई एकिकृत समाजवादीका उम्मेदवारहरुले पुर्ण सहयोग गर्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२६ गते   १८४९ पटक हेरिएको

लालबन्दी १७ मा माओवादी केन्द्र र एकिकृत समाजवादी वीच सहमती,माओवादी केन्द्रका उम्मेदवारहरुलाई एकिकृत समाजवादीका उम्मेदवारहरुले पुर्ण सहयोग गर्ने

सर्लाहीको लालबन्दी नगरपालिका १७ मा नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी) विच चुनावी सहमती भएको छ । नेकपा(माओवादी केन्द्र) को तर्फबाट लालबन्दी नगरपालिका १७ को वडा अध्यक्ष पदका उम्मेदवार विष्णुहरी अधिकारी र नेकपा(एकिकृत समाजवादी)को तर्फबाट लालबन्दी नगरपालिका १७ को वडा अध्यक्ष पदका उम्मेदवार दिनेश अधिकारीले वडाको प्यानलै सहित चुनावी सहमती गरेका हुन ।
चुनावी सहमतीमा माओवादी केन्द्रको तर्फबाट लालबन्दी नगरपालिका १७ को वडा अध्यक्ष पदका उम्मेदवार विष्णुहरी अधिकारी सहित माओवादी केन्द्रकै वडा सदस्य पदका उम्मेदवारहरुलाई पुर्ण रुपमा सहयोग गर्ने सहमती भएको नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिले जनाएको छ । सोमबार माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष समेत रहनु भएका नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी) को चुनावी तालमेलबाट लालबन्दी नगर प्रमुख पदका उम्मेदवार प्रह्लाद कुमार बुढाथोकी र नेकपा(एकिकृत समाजवादी) सर्लाहीका सचिव समेत रहनु भएका नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी) को चुनावी तालमेलबाट लालबन्दी नगर उप प्रमुख पदका उम्मेदवार गोविन्द प्रसाद अधिकारीको विशेष उपस्थितीमा वडा नम्बर १७ मा चुनावी सहमती भएको हो ।
एकिकृत समाजवादीको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार दिनेश अधिकारी,सदस्यहरु मन्दे दमिनी,रुक्मिणी खतिवडा,दुलरीया चौधरी र भरत भुजेल सहितको सिङ्गो उम्मेदवार टोलीले चुनावी सहमती गरेको हो ।
२०७४ सालको स्थानिय निकायको निर्वाचनमा लालबन्दी नगरपालिका १७ मा नेपाली कांग्रेसका नवराज अधिकारी विजयी हुनु भएको थियो भने अहिले माओवादी केन्द्र र एकिकृत समाजवादी विचको तालमेल तथा सहमतीले विपक्षी दलका उम्मेदवारहरुको निद हराम भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech