गणका डिएसपी यादवलाई महाेतरीमा राम धुलाई,राति किन महाेतरी गए

702 Shares

मधेश प्रदेश स्थित धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त प्रहरी नायव उपरीक्षक  चन्देश्वर यादवमाथि महोतरीमा आक्रमण भएको छ ।महोतरीको जलेश्वरमा बिहीबार राति करिब १० बजे प्रहरी नायव उपरीक्षक यादव माथि आक्रमण भएको महोतरी प्रहरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।
उनका अनुसार जलेश्वर नगरपालिका २ बसपार्क नजिक विद्यापति नगरमा प्रहरी नायव उपरीक्षक यादवमाथी आक्रमण भएको हो । प्रहरी नायव उपरीक्षक यादवको दायाँ खुट्टा भाँचिएको  महोतरी प्रहरीले जनाएको छ । बिहिबार राति करिब ११ बजे प्रहरी नायव उपरीक्षक  यादव घाइते अवस्थामा रहेको हामीलाई थाहा भएपछि अस्पताल भर्ना गराएका थियौं’ महोतरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक  गिरीले भने ‘अहिले उनको उपचार काठमाडौं स्थित प्रहरी अस्पतालमा भइरहेको छ ।’
घटनास्थलमा बचाउ बचाउ भन्दै प्रहरी नायव उपरीक्षक  यादवले गुहार मागेका थिए । उनी किन रति त्यहाँ पुगेका र के कारणले घटना भयो भन्ने विषयमा प्रहरीले नखुलाएको भएपनि महिलाको विषयमा विवाद सृजना भई उनीमाथी आक्रमण भएको सूचना प्राप्त भएको छ । घटना रहस्यमय भएकाले प्रहरीले ढाकछोप गर्न खोजेको स्थानीयको भनाइ  छ  ।
घटनाको छानविन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक  महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानविन टोलि गठन गरेको छ । टोलि शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको छ । छानविन टोलिका संयोजक प्रहरी उपरीक्षक श्रेष्ठले छानविन गरिरहेकाले अहिले केही भन्न नमिल्ने बताए ।
तर प्रहरी नायव उपरीक्षक यादव सई हुँदा महोतरी कै भिठ्ठामोड नाकामा पटक पटक बसेका र प्रहरी निरिक्षक हुँदा समेत जिल्ला प्रहरी कार्यालय महोतरी मै बसेका थिए । अहिले गणमा कार्यरत प्रहरी नायव उपरीक्षक यादव राति राति महोतरीमा किन गए भन्ने विषयमा पनि छानविन हुनु पर्ने जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार