प्रदेश सभा सदस्य लुंगेली सहित हरिपुरका २४ जना जनप्रतिनिधिहरु एकीकृत समाजवादीमा

3.3k Shares

सर्लाही क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य बेची लुंगेलीले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी राज्नु भएको छ । उहाँसंगै प्रदेश नम्बर २ का नेकपा एमालेका अन्य १० जना सभासद्हरुले पनि नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
प्रदेश नं. २ मा (एकीकृत समाजवादी) रोज्ने अन्य सभासदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव रहनु भएको छ । उहाँहरुले बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी)पार्टी रोजेको जानकारी गराउनु भएको हो ।


त्यसैगरी,सर्लाहीको हरिपुर नगरपालिकाका २४ जना  नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नेकपा(एकीकृत समाजबादी) पार्टी रोजेको छन् । नगर प्रमुख जमरुद्दिन मन्सुर, उपप्रमुख रेणुका काफ्ले सहित २४ जनाले बिहीबार जिल्ला निर्वाचन कार्यालय सर्लाही मंलंगबामा पुगेर आफ्नो सनाखद गर्नु भएको हो । 
नगरप्रमुख मंसुरले बिहीबार ४ जना निर्वाचित वडा अध्यक्षहरु, एक कार्यपालिका सदस्य सहित २४ जनाले समाजबादी पार्टी रोजेको बताउनु भयो । उहाँका अनुसार आज(बिहीबार) आउन नसकेका अन्य केही जनप्रतिनिधिहरु पनि भदौ २२ गतेसम्म आएर सनाखद गर्नेछन् ।
आफ्नो अन्य कामले व्यस्त रहेका कारण कतिपय जनप्रतिनिधिहरु आज आउन पाउनु भएन तर सबै जनप्रतिनिधिहरुले समाजबादी पार्टी रोज्ने उप प्रमुख काफ्लेको दाबी छ । हरिपुरमा एमालेबाट निर्वाचित ३५ जना जनप्रतिनिधिहरु रहेका छन ।नेकपा एमालेबाट बिद्रोह गरि अलग भएको नेकपा (एकीकृत समाजबादी) पार्टी रोज्ने जनप्रतिनिधिहरुको लागी भदौ २२ गतेसम्मको समय निर्वाचन आयोगले निर्धारण गरेको छ ।

सम्बन्धित समाचार