अन्नपूर्ण चिनी उद्योग दुई वर्षपछि संचालनमा

3.4k Shares


सर्लाहीको धनकौलमा रहेकाे अन्नपूर्ण चिनी उद्योग सञ्चालनमा आएकाे छ । विगत २ वर्षदेखि बन्द रहेकाे अन्नपूर्ण यस वर्षबाट  ढिलै भएपनि सञ्चालनमा आएको छ । 
उद्योग सञ्चालन हुने/नहुने भन्ने अन्यौलतका बीच  चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालनमा ल्याइएको  उद्योग प्रशासनले जनाएको छ । साथै  किसानहरुले ल्याएको उखु क्रसिङ गर्न सुरु गरिने उद्योगका सञ्चालक शैलेन्द्रकुमार गुप्ताले राससलाई  बताउनु भयाे । उहाँका अनुसार किसानहरुबाट खरिद गरेको उखुको भुक्तानि दिन नसक्दा यो उद्योग अघिल्ला दुई वर्ष सञ्चालनमै आउन सकेको थिएन ।
 यस वर्ष नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । उद्योगले अधिकांश किसानहरुको भुक्तानि गरिसकेको र कसैको भुक्तानि लिन बाँकी रहेको भए उद्योगमा आउन समेत आग्रह गरिएकाे उद्योग प्रशासनले जनाएको छ ।
जिल्लामा रहेको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले अहिले धमाधम उखु क्रसिङ गरिरहेका छन् । यी दुवै चिनी मिल गएको पुस मध्यबाट सञ्चालनमा आएका थिए । दुवै उद्योगले किसानहरुलाई उखुको भुक्तानि समेत दिन थालिसकेका छन् । सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु ५ सय ९०  निर्धारण गरेको छ । यता, जिल्लाका उखु उत्पादक किसानहरुले साे मूल्य आफुहरुकाे माग अनुसार नभएको बताएका छन् ।

सम्बन्धित समाचार