ढल्केवर जनकपुर सडक खण्ड अन्र्तगत धनुषाको मिथिला नगरपालिका २ स्थित हजरा चोकमा कारले साईकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।जनकपुरबाट ढल्केवर तर्फ आउँदै गरेको बागमती प्र.०१–०३१ च २०३६ नम्बरको कारले मिथिला नगरपालिका २ स्थित हजरा चोकमा साईकलमा सवार श्रीमान् र श्रीमतीलाई ठक्कर दिँदा श्रीमतीको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार मिथिला नगरपालिका १ का अन्दाजी ६५ वर्षिय राजकुमार महत्तो र उनकी श्रीमती अन्दाजी ६० वर्षिय सुमित्रा देवी सवार साईकललाई कारले ठक्कर दिँदा सुमित्रा देवीको घटनास्थल मै र राजकुमारको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।दुर्घटनामा संग्लग्न कार र कारका चालक सर्लाहीको लालबन्दी नगरपालिका ६ का अन्दाजी १९ वर्षिय दिवस कार्कीलाई ईलाका प्रहरी कार्यालय ढल्केवरको नियन्त्रणमा राखिएको छ भने मृतक राजकुमार र सुमित्रा देवीको शवलाई पोष्ट मार्टमका लागि बर्दिवास अस्पताल महोत्तरी पठाईएको धनुषा प्रहरीले जनाएको छ।प्रहरीका अनुसार कार तिब्रगतिमा रहेका कारण दुर्घटना भएको हो ।