रोल्पाको त्रिवेणी गाउँपालिका २ मा निर्माण गरिएको शीत भण्डारको रकम भुक्तानी नहुँदा सामान आपुर्तिकर्ता चिन्तामा परेका छन् । त्रिवेणी गाउँपालिका २ मा शीत भण्डारण भवनको निर्माण कार्य सम्पन्न भएको भएको निर्माण कम्पनीले भुक्तानी पाई सकेको भएपनि सामान आपुर्ति कर्तालाई निर्माण कम्पनीले भुक्तानी नदिएको सामान आपुर्तिकर्ता ध्रुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिका सञ्चालक ध्रुव चौलागाईको गुनासो छ ।
त्रिवेणी गाउँपालिका २ मा रहेको नुवागाँउ साना किसान कृषि सहकारी संस्था लिमिटेडले माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवालाई ठेक्का दिएको र निर्माण सम्पन्न भएको भएपनि निर्माण कम्पनीले आफुलाई भुक्तानी नदिँदा निकै समस्यामा परेको सामान आपुर्तिकर्ता ध्रुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिका सञ्चालक चौलागाईले गुनासो गरे । माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवालाई आफुले सात सय मेट्रिकटन क्षमता भएका दुई वटा शीत भण्डारका लागि रु तीन करोड १७ लाख बराबरको सामान दिएको र निर्माण व्यावसायीसंग सो अनुसार सम्झौता समेत भएको भएपनि निर्माण व्यावसायी हरि प्रसाद अधिकारी सम्झौता विपरित चल्दा आफुलाई बैकले समेत तनाव दिन थालेको सामान आपुर्तिकर्ता ध्रुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिका सञ्चालक चौलागाईको भनाई छ ।

लुम्बिनी प्रदेश सरकारको कृषि खाद्य प्रविधि तथा भूमि ब्यवस्थापन मन्त्रालय र रोल्पाको नुवागाँउ साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिवेणी गाउँपालिका २ दहवनमा दहवन शीत भण्डारण केन्द्र निर्माण गर्ने सम्झौता भएदेखि नै निर्माण सामाग्रीहरु सामान आपुर्तिकर्ता ध्रुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिका सञ्चालक चौलागाईले नै पठाउँदै आएका थिए ।
तर लामो समय सम्म मन्त्रालयले सहकारीलाई भुक्तानी नदिएको भन्दै सामान आपुर्तिकर्ता ध्रुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिका सञ्चालक चौलागाईलाई माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवाले भुक्तानी नगरेको भएपनि पछिल्लो समय मन्त्रालयले सहकारीलाई भुक्तानी गरि सकेको भएपनि निर्माण कम्पनीले आफुलाई भुक्तानी नगरेको सामान आपुर्तिकर्ता ध्रुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिका सञ्चालक चौलागाईले गुनासो गरे । उनका अनुसार सामानको कुल रु ३ करोड १७ लाख भुक्तानी पाउनु पर्नेमा निर्माण कम्पनीले आफुलाई हाल सम्म जम्मा रु ६७ लाख मात्रै भुक्तानी गरेको र विभिन्न समयमा चेक दिएको भएपनि चेकमा रकम नभएपछि पटक पटक चेक फेरबदल गरेको साथै असार २४ गते चेक दिएको र सो चेक नभजे चेक बाउण्समा गए आफु स्विकार गर्ने सहमती भएको भएको थियो ।
यता, सो विषयमा बुझ्न कमलामाई मिडिया प्रा.लिले पटक पटक माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवाका सञ्चालक हरि प्रसाद अधिकारीलाई फोन गर्दा फोन उठाएनन् ।
यता,निर्माण कम्पनी माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवाको चेक बाउण्सको तयारी रहेको सामान आपुर्तिकर्ता ध्रुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिका सञ्चालक चौलागाईले बताए ।
