Close This

निर्वाचनको मौन अवधिमा मनी र मसलको प्रयोग,आचारसंहिता अनुगमन समिति मन्त्रमुग्ध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-३ गते   ९३४ पटक हेरिएको

मंसिर ४ को गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य तर्फको निर्वाचनको पुर्वसन्धयामा निर्वाचन आचारसंहिता विपरित सर्लाहीका उम्मेदवारहरु मत माग्न व्यस्त भएका छन् । जिल्लाका २ सय २ जना उममेदवारहरु मौन अवधिमा नमुना मतपत्रका साथै आर्थिक र विकास निर्माणका प्रलोभन लिएर रातीराती पनि मतदाताहरुको घरघरमा पुगेका छन् ।
निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनु अघिल्लो ७२ घण्टादेखि मौन अवधि भनि घोषणा गरिएको भएपनि उम्मेदवारहरु आफुले जिते पछि गर्ने विकास निर्माणका कामको ठेकका मिलाई दिने तथा विभिन्न प्रकारका प्रलोभनहरुका साथै रकम बाँड्न व्यस्त भएका पाइएको छ ।
जिल्लामा निर्वाचन आचारसंहिता विपरित प्रचार प्रसार भई रहेको भएपनि आचारसंहिता अनुगमन समिति मौन देखिएको छ । भने विभिन्न पार्टीबाट तथा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरु गाडीमा ठूलो रकम बोकेर गाउँ पसेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech