सर्लाहीको हरिवन नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधि मैैत्रि बनाउन डिजिटल स्मार्ट बोर्ड जडान गरेकाे छ । सामुदायिक विद्यालयहरुकाे शैक्षिक गुणस्तर सुधार गर्दै अभिभावक र विद्यार्थीहरुकाे मन जित्न नगर भित्रका सामुदायिक विद्यालयहरुमा डिजिटल स्मार्ट बाेर्ड जडान सुरु गरिएको नगर शिक्षा शाखाका रुस स्टालिन चाैलागाईले बताए।
उनका अनुसार पहिलाे चरणमा हरिवन नगरपालिका २ अत्राैली स्थित रहेकाे राम अवतार जनता मावि,हरिवन नगरपालिका ८ स्थित रहेकाे महादेव जनता मावि र हरिवन नगरपालिका १० सुखेपाेखरी स्थित रहेकाे चतुर्भुजेश्वर जनता मावि डिजिटल बाेर्ड जडान गरिएको हाे । नगरपालिकाको आन्तरिक स्रोतबाट नगर भित्रका सामुदायिक विद्यालयहरलाई प्रविधि मैत्री र गुणस्तरीय बनाउन अभियान सुरु भएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथाेकी(कमल) ले बताए ।
उनले हाल जडान गरिएका स्मार्ट बोर्ड तत्काल माथिल्लो कक्षाका विद्यार्थीहरुलाई अध्यापन गराउन सहज हाेस भनेर नगर भित्रका २१ वटा मध्य तीनवटा विद्यालयमा जडान गरिएको र बाँकी रहेका १८ वटा सामुदायिक विद्यालयहरुमा पनि आगामी आर्थिक वर्षमा जडान गरि सक्ने बताए । स्मार्ट बोर्डबाट लेखेका विषयवस्तु सेभ गर्न मिल्ने, भिडियो पनि देखाउने मिल्नेसहित निकै उपयोगी बहुविशेषता रहेकाले विद्यार्थीहरुलाई बुझ्न र शिक्षकहरुलाई पढाउन अत्यन्त सहज हुने नगर शिक्षा शाखाले जनाएको छ ।