डिभिजन वन कार्यालय पर्साको वन गस्ति टोलीले जिल्लाका विभिन्न स्थानबाट ठुलो मात्रामा काठ नियन्त्रणमा लिएको छ।दुई वर्ष भन्दा बढी समय डिभिजन वन कार्यालय सर्लाहीमा प्रमुखको रुपमा कार्यरत डिभिजन वन अधिकृत मन्जुर अहमद् डिभिजन वन कार्यालय पर्सा केही दिन पहिला मात्रै सरुवा भई गएका थिए ।उनको सक्रियतामा पर्साका विभिन्न स्थानबाट करिब डेढ सय क्युफिट काठ बरामद् भएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ ।

कार्यालयका अनुसार वीरगंज महानगरपालिका र पर्सागढी नगरपालिकाका साथै जिल्लाका विभिन्न स्थानबाट पटक पटक गरी एक सय ५७ दशमलव ९७ क्युफिट काठ बरामद् भएको हो ।जिल्लाका विभिन्न स्थानहरुबाट रातीको समयमा काठ तस्करहरुले काठ चोरी गर्ने गरेका विशेष सूचनाको आधारमा वन गस्तीलाई थप कडाईका साथ सुरु गरेपछि साईकल लगायत विभिन्न साधानहरुको प्रयोग गरी काठ तस्करहरुले तस्करी गर्दैगर्दा साईकलहरु सहित एक सय ५७ दशमलव ९७ क्युफिट काठ बरामद् भएको हो ।

गस्ती टोली कडाईका साथ खटिएपछि जिल्लाका विभिन्न स्थानहरुबाट धमाधम सालको गोलिया काठ तस्करी हुँदै गरेको अवस्थामा बरामद भएको डिभिजन वन अधिकृत मन्जुरले बताए । वन गस्ती टोली सक्रिय भएपछि काठ तस्करहरु काठ तस्करी गर्दै गर्दा भाग्ने गरेका र उनीहरुको खोजीकार्य समेत जारी गरेको डिभिजन वन अधिकृत मन्जुरले बताए । डिभिजन वन अधिकृत मन्जुर डिभिजन वन कार्यालय पर्सा गएपछि पर्साका काठ तस्करहरुको निदहराम भएको छ ।