सर्लाही क्रिकेट लिग सिजन–२ र जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुने

349 Shares

सर्लाही क्रिकेट लिग सिजन–२ का लागि खेलाडीको लिलामी गरेको छ ।सर्लाही सदरमुकाम मलंगवामा  सर्लाही क्रिकेट संघले आयोजना गरेको लिलामी कार्यक्रममा ९० जना खेलाडीलाई लिलामी गरेको सर्लाही क्रिकेट संघका अध्यक्ष माधव कर्माचार्यले जानकारी दिए ।
उनका अनुसार लिलामीमा छ वटा टिमले गोला प्रथाबाट आ–आफ्नो मार्की खेलाडी (क्याप्टेन) सहित अन्य खेलाडीलाई टिममा सामेल गराएका छन् ।सहभागी छ वटा टिमलाई गौतमवुद्ध,माँ जानकी,सगरमाथा,कन्चनजंघा,अन्नपूर्ण र माच्छापुच्छ्रे नाम दिइएको संघले जनाएको छ । ति छ वटा टिमको विभिन्न संघ संस्था र निकायले स्वामित्व ग्रहण गरिसकेका छन्।
टिम गौतमबुद्धको वीज्डम कोचिङ्ग सेन्टर मलंगवा,माँ जानकी टिमको होटल नवरंङ्ग मलंगवा,सगरमाथा टिमको मलंगवा नगरपालिका ४ को वडा कार्यालय,कन्चनजंघा टिमको सहारा पल्टिपर्पस मलंगवा,अन्नपूर्ण टिमको रौनक इन्टरप्राइजेज मलंगवा र माच्छापुच्छ्रे टिमको सर्लाही किताब घर मलंगवाले स्वामित्व लिएका संघका अध्यक्ष कर्माचार्यले बताए ।
टी–२० ढाँचामा हुने प्रतियोगिता कात्तिक ३ गत(भोली)देखि एक हप्तासम्म मलंगवास्थित कभर्ड हलमा हुने छ।प्रतियोगितामा प्रत्येक टिममा १५÷१५ जना खेलाडी सहभागी हुने छन् ।प्रतियोगिताको तयारी अघि बढाइसकिएको संघका अध्यक्ष कर्माचार्यले बताए।प्रतियोगिताको बिजेतालाई रु २१ हजार नगदसहित कप र उपबिजेतालाई रु १५ हजार नगदसहित दोस्रो कप प्रदान गरिने संघले जनाएको छ ।
त्यसैगरी सर्लाहीको हरिपुर नगरपालिका २ मा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।हरिपुर नगरपालिका २ को आयोजना तथा हरिपुर नगरपालिका २ सानो जगतपुर स्थित रहेको नव संघर्षशिल युवा क्लवको सहआयोजनामा कात्तिक ३ गतेबाट जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुने नव संघर्षशिल युवा क्लव हरिपुर नगरपालिका २ ले जानकारी दिएको छ ।कात्तिक १४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १३ वटा टिमले सहभागीता जनाउने भएका छन् ।
प्रतियोगितामा नव संघर्षशिल युवा क्लव निलो र  सहित इमि ष्क न्यमि हरिपुर,अल्टोकी यूवा क्लव चपुर,रौतहट,नम बुद्ध युवा क्लब हरिपुर नगरपालिका १,लालबन्दी सिखा टोल एफसि फुटबल क्लब,एभरेष्ट एकेडेमी लालबन्दी,आरएफसि हरिवन नगरपालिका ६,जन जागृती यूवा क्लब रामपुर,रतनपुर ११ एफसि निजगढ,बारा,जन सहयोगी युवा क्लब हरिवन नगरपालिका ३,चेतना सन्देश हरिवन नगरपालिका ५,तीन घरे एफसि हरिवन नगरपालिका ४ र गौरी शंकर यूवा क्लब हरिपुर नगरपालिका  २ गरी १३ वटा टिमको सहभागिता रहने नव संघर्ष शिल युवा क्लब हरिपुर नगरपालिका २ सानो जगतपुरले जनाएको छ ।

सम्बन्धित समाचार