पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको विषयलाई लिएर मृतकका परिवार र स्थानीयले चक्काजाम गरेका छन् ।फागुन १६ गते राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका १२ गुन्जन अटो वर्कशप अगाडि प्रदेश–१–०२–००२ ख १०४२ नम्वरको ट्रक र प्रदेश ०३–००१ ह २०६७ नम्वरको अटो ठोक्किँदा बागमती नगरपालिका ४ सुकदेव चोकका अटो चालक अन्दाजी वर्ष ५० का रामशरण कुश्वारको मृत्यु भएको थियो ।
फागुन १६ गते ट्रकले अटोलाई ठक्कर दिँदा घाईते भएका कुश्वारको फागुन २० गते उपचारका क्रममा एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ ।सोही घटनालाई लिएर मृतकको परिवारलाई उचित राहत रकमको माग गर्दै आफन्त र स्थानीय भएर पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका १२ स्थित पुतली चोकमा केही समय चक्काजाम गरेका हुन्।आन्दोलित पक्षको माग सम्वोधन गर्न प्रहरीले समन्वय गर्ने प्रतिवद्धता जनाएपछि चक्काजाम खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको चार दिनसम्म उपचारका लागि गाडीधनीले नै खर्च बेहोरेको छ । यता,दुर्घटनामा संलग्न प्रदेश–१–०२–००२ ख १०४२ नम्वरको ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको सर्लाही प्रहरीले जनाएको छ ।