सगुन शिक्षाद्धारा ९१५ विद्यार्थीहरुको ३ महिनाको शुल्कमा छुट

3.2k Shares

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको सगुन शिक्षा सहकारी संस्थाले विद्यालयको शुल्कमा छुटको घोषणा गरेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सरकारले गरेको लकडाउनबाट मारमा परेका अभिभावकलाई दुवै सहकारीले छुट प्याकेजको घोषणा गरेको हो ।
सगुन शिक्षा सहकारी संस्थाले आफूद्वारा सञ्चालित सगुन शिक्षा आवासीय विद्यालयमा अध्ययनरत ९ सय १५ जना विद्यार्थीहरुको ३ महिनाको मासिक शुल्कमा पूरै छुट गरेको हो । । नयाँ शैक्षिक शत्र सूरु भएयता बैशाख देखि असारसम्म ३ महिनाको शुल्क पूरै छुट गरिएको सगुन शिक्षा सहकारीका अध्यक्ष बाबुराम घिमिरेले बताउनु भयो । ‘विद्यालयमा अध्ययनरत ९ सय १५ जना विद्यार्थीको तीन महिनाको शुल्क बापत ४८ लाख ४४ हजार ७ सय रुपैंया विद्यालयले छुट गरेको छ ।’
विद्यार्थीको शुल्कमा पूरै छुट गरिएपनि शिक्षक कर्मचारीलाई भने ३ महिनाको आधारभूत पारिश्रमिक दिईएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । ‘६२ जना शिक्षक कर्मचारी कार्यरत रहेको र सबैजनालाई आधारभूत पारिश्रमिक दिने निर्णय भएको घिमिरेले बताउनु भयो । ‘विद्यार्थीबाट शुल्क नआएपनि शिक्षक कर्मचारीलाई आधारभूत पारिश्रमिक दिँदा विद्यालयले थप २९ लाख २५ हजार ६ सय ६० रुपैंया व्ययभार बेहोर्नु परेको छ ।’
लकडाउन भएपनि चैत महिनामा परीक्षा सम्पन्न गरी परीक्षाफल समेत प्रकाशित गर्नुपर्ने काम गरिएकाले उक्त महिनाको भने विद्यार्थीसँग शुल्क लिईएको विद्यालयले जनाएको छ । ‘शिक्षक÷कर्मचारीलाई विद्यार्थीको घरघरमा पठाएर प्रश्नपत्र उपलब्ध गरायौं र अभिभावक स्वयंलाई नई परीक्षाको निरिक्षक बस्न आग्रह ग¥यौं’, घिमिरेले भने, ‘अभिभावक नै निरिक्षक अनि घर नै परीक्षा केन्द्रको अवधारणा अनुसार सबै विद्यार्थीको परीक्षा घरघरबाटै लिएर उत्तर पुस्तिका संकलन गरेर परीक्षाफल पनि प्रकाशित गरिसक्यौं ।’ साउन १ गतेदेखि अनलाईन कक्षा सञ्चालन सूरु गरिएको र अनलाईन कक्षामा सहभागि हुन नसक्ने विद्यार्थीलाई घरमै गएर शिक्षकहरुले अध्यापन गरिरहेको घिमिरेले जानकारी दिए । ‘अनलाईन कक्षा सञ्चालनका लागि एकसाथ धेरै विद्यार्थीले पढन मिल्ने गरी ठूलै लगानीमा सफ्टवेयर जडान गरिएको छ’, अध्यक्ष घिमिरेले भने, ‘अनलाईन कक्षामा सहभागि हुन नसक्ने विद्यार्थीलाई शिक्षकहरुले गाउँमै पुगेर कक्षा लिने व्यवस्था मिलाईएको अध्यक्ष घिमिरेले बताउनु भयो ।
२०७१ सालमा स्थापना भएको विद्यालयले अभिभावकलाई सगुन शिक्षा सहकारीको शेयर सदस्य बन्न उत्पे्ररित गर्ने उद्धेश्यले शेयर सदस्यको बालबालिकालाई विशेष छुटको व्यवस्था समेत गरेको छ । ‘शिक्षा सहकारीको शेयर सदस्य बनेमा बालबालिकाको मासिक शुल्कमा १० प्रतिशत छुट तथा सगुन शिक्षा सहकारीको शेयर अन्य कुनै सहकारी संस्थाका शेयर सदस्यहरुका बालबालिकालाई समेत ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ’, अध्यक्ष घिमिरेले भने, ‘त्यस्तै यसवर्षदेखि कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई वर्षको कम्तिमा २ महिना सगुन बचत तथा ऋण सहकारी संस्थामा ईन्टर्नशिपको अवसर दिईने र त्यसबापत खाजा खर्च उपलब्ध गराउने अध्यक्ष घिमिरेले बताउनु भयो ।

सम्बन्धित समाचार