संविधान दिवसमा सर्लाहीमा विभिन्न कार्यक्रम

175 Shares

सर्लाहीमा पनि ११ औँ संविधान दिवस तथा राष्ट्रिय दिवश विविध कार्यक्रम गरी मनाइएको छ ।दिवसका अवसरमा दौड, प्रभातफेरि, सरसफाई, अन्तरक्रिया लगायतका कार्यक्रम सम्पन्न भएका हुन्।सर्लाही सदरमुकाम मलंगवामा शनिबार बिहान नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीहरुको संयुक्त आयोजनामा दौड प्रतियोगिता गरी पहिलो,दोस्रो र तेस्रो हुने सुरक्षाकर्मीलाई सम्मान समेत गरिएको र त्यसपश्चात मलंगवा बजारमा प्रभातफेरि निकालिएको जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र महत्तोले जानकारी दिए ।
संविधान दिवसकै अवसर पारेर लालबन्दी नगरपालिका–६ मा रहेको कामेश्वर वनवाटिका परिसरमा सरसफाई तथा वृक्षरोपण गरिएको छ।संविधान दिवसका अवसरमा सर्लाहीका अन्य ठाउँहरुमा पनि सरसफाई,अन्तरक्रिया,दीप प्रज्वलन लगायतका कार्यक्रम भएका छन् ।
संविधान दिवसकै अवसरमा यातायात व्यवस्था कार्यालय बर्दिवासले आज चन्द्रनगर गाउँपालिकामा पालिकाबाटै लाइसेन्स वितरणको काम सुरु गरेको कार्यालयका प्रमुख राकेश यादवले जानकारी दिए।।उनका अनुसार राज्यको नीति अनुसार सबै सरकारी कार्यालयहरुले नागरिकहरुलाई विना झण्झट राज्यको सेवा पुर्याउने उद्धेश्य अनुरुप यातायात व्यवस्था कार्यालय बर्दिवासले यो अभियान सुरु गरेको हो ।

सम्बन्धित समाचार