Close This

ई रिक्सा व्यावस्थापन नहुँदा व्यापारीहर तथा पैदल यात्रीहरु मारमा,दुर्घटनाको समेत जोखिम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२५ गते   १९४३ पटक हेरिएको

पुर्व पश्चीम लोकमार्ग स्थित लालबन्दी,नवलपुर र हरिवन बजार क्षेत्रमा संचालनमा रहेका ई रिक्साहरुको व्यवस्थापन गर्न नसक्दा बजार कुरुप बनेको छ । बजार क्षेत्रहरुमा जताततै पार्किङ भएका ई रिक्साहरुका कारण दुर्घटना बढ्नुको साथै बजारको सुन्दरता हराएको भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन् ।
व्यस्त पुर्वपश्चीम लोकमागर्, अव्यवस्थीत ई रिक्साको पार्किङले गर्दा पैदल यात्रीहरुलाई पैदय यात्रा गर्न समेत समस्या हुने गरेको स्थानिय पैदलयात्रीहरुले गुनासो गरेका छन् । भने आफ्नो स्थायी संरचनामा व्यापा,व्यावसाय गरि रहेका व्यापारीहरु पनि अव्यवस्थीत ई रिक्सा पार्किङका कारण हैरान भएका छन् । 
सवारी चालक अनुमती पत्र समेत नभएका,निजी नम्बर प्लेटका ई रिक्साहरु र अव्यवस्थीत पार्किङ हुँदा समेत ट्राफिक प्रहरी मौन देखिएका छन् । अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट लालबन्दीका ट्राफिक प्रहरी प्रमुख सई उमेश महत्तो र अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट हरिवनका ट्राफिक प्रहरी प्रमुख कमल नेपालीको मौनताका कारण आफुहरु समस्यामा परेको पैदल यात्री तथा स्थानिय व्यापारीहरुको गुनासो छ ।
जिल्लामा यस्ता ई रिक्साहरु करिब १ हजारको संख्यामा छन् । भने करिब ६÷७ सय इ रिक्साहरुका चालकहरुको सवारी चालक अनुमती पत्र समेत छैन भने निजी नम्बर प्लेटका ई रिक्साहरु भाडामा प्रयोग हुँदा समेत ट्राफिक प्रहरी मौन बस्नुले ई रिक्सा व्यावसायीहरु र ट्राफिक प्रहरीको मिलेमतो रहेको आशंका गर्न सकिन्छ । भने ई रिक्साहरुलाई व्यावस्थापन गर्ने विषयमा स्थानिय सरकार पनि मौन रहेको स्थानियको आरोप छ । 
ई रिक्सा चालकहरुले आफ्ना सवारी साधनहरुको व्यावस्थापनमा सरोकारवाला निकायसंग छलफल समेत नगरेका कारण पनि समस्या समाधनमा स्थानिय सरकार मौन रहेको पैदल यात्रीको आरोप छ । तालिम नलिएका ई रिक्सा चालकलाई ट्राफिक नीयम लगायतको जानकारी समेत नहुँदा जहाँ पनि पार्किङ हुनु,ट्राफिक नीयम विपरित सञ्चालन हुनु कुनै अनौठो नरहेको पाइन्छ । ई रिक्सा चलाउने तालिम नहुँदा , ट्राफिक नीयमको जानकारी नहँुदा तथा पार्किंङको उचित व्यवस्थापन नहुँदा दैनिक जसो दुर्घटना समेत हुने गरेका ट्राफिक प्रहरीहरु नै बताउँछन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech