सर्लाहीका विभिन्न नाकाबाट भन्सार छलीको ठूलो मात्रामा कारोबार हुने गरेको पाइएको छ ।सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी कै कर्माचारीहरुको संरक्षणमा जिल्लाका विभिन्न नाकाहरुबाट कपडा,किराना तथा खाद्यान्न,सुर्तिजन्य पदार्थ र हार्डवेयरका सामानहरुको भन्सार छली कारोबार हुने गरेको पाइएको हो ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारीको मौनताका कारण जिल्लाको बिओपी संग्रामपुरबाट गाई गोरु,खसि बाख्राका साथै चिसो पेय पदार्थ र चिनी,मैदाको कारोबार हुने गरेको छ भने बिओपी सखुअवाबाट कपडा,हार्डवेयर चिसो पेय पदार्थ,चिनी,मैदाका साथै किरानाका सामानहरु आउने गरेका छन् । त्यस्तै बिओपी त्रिभुवननगरबाट चिसो पेय पदार्थ,चिनी,मैदा,सुर्तिजन्य पदार्थहरु,कपडा,हार्डवेयर र किरानाका सम्पुर्ण सामानहरु आउने गरेका छन् ।
प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाबाट चिसो पेय पदार्थ,चिनी,मैदा,कपडा,हार्डवेयर,सुर्तिजन्य पदार्थहरु र किरानाका सम्पुर्ण सामानहरु आउने गरेका एक सशस्त्र प्रहरी अधिकारीले नै बताए ।बिओपी खुटौना,भाँडसर,बारा उद्योरण,प्रस्तावित सिमा सुरक्षा गुल्म सिमरा,बिओपी बहादुरपुर,मधुवनी र छतौनाबाट पनि चिसो पेय पदार्थ,चिनी,मैदा,कपडा,हार्डवेयर,सुर्तिजन्य पदार्थहरु र किरानाका सम्पुर्ण सामानहरु नेपाल आउने गरेका र जिल्लाका केही बिओपीहरुको क्षेत्रबाट बालुवा गिट्टी,गाई गोरु नेपालबाट भारत तर्फ जाने र खसि बाख्रा भारतबाट नेपाल तर्फ आउने गरेका पाइएको छ ।
जसबाट प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाले बिओपी भाँडसर,खुटौना,त्रिभुवननगर,सखुअवा र संग्रामपुरबाट कमिसन उठाएर गणपति भण्डारीलाई दिने गरेको छ भने प्रस्तावित सिमा सुरक्षा गुल्म सिमराको क्षेत्रबाट गुल्म पति तथा बिओपी पतिहरु आफैँले कमिसन उठाएर गणपति भण्डारीलाई बुझाउने गरेका एक सशस्त्र प्रहरी अधिकारीले बताए ।उनका अनुसार गणपति भण्डारीले यति चाहियो भनेर नभन्ने तर संकलन गरेर दिएको रकम लिने गरेका कारण सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी कमिसनमा डुबेको छ ।सशस्त्र प्रहरी अधिकारीका अनुसार गणपति भण्डारीले मासिक ५ लाख भन्दा बढी नै रकम संकलन गर्ने गरेका छन् ।