Close This

नगरलाई स्वास्थ्य सामाग्री प्राप्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-३० गते   ३६० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकालाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट सर्लाही काठमाण्डौँ सम्पर्क मञ्चले उपलब्ध गराएको स्वास्थ्य सामाग्री सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले नगर प्रमुख मान बहादुर खड्कालाई हस्तान्तरण गर्नु भएको हो ।
 नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीले प्रजिअ जिसीलाई र प्रजिअ जिसीले नगर प्रमुख खड्कालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट अनेरास्ववियुका नेता आशिष दाहालले जानकारी दिनु भयो । देश कोरोना भाईरस(कोभिड १९)को माहामारीको विरुद्धमा लकडाउनमा गुज्रिरहेको समयमा त्यसबाट बच्नका लागि भन्दै अक्सिजन कन्सनटेटर मेसिन १ थान,नेम्बुलाईजर मेसिन २ थान,पल्स अक्सीमिटर २ थान सहयोग स्वारुप प्राप्त भएको हो । नगरपालिकाको सभा हलमा भएको अनौपचारीक कार्यक्रममा नेकपा केन्द्रीय सदस्य बुढाथोकी,प्रजिअ जिसी,जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी,सर्लाही प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोख्रेल लगायत जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 
त्यसैगरी सोही कार्यक्रममा ईलाका प्रहरी कार्यालय लालबन्दीलाई ३ थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) पनि नगर प्रमुख खड्काले हस्तान्तरण गर्नु भएको छ । मानविय भिडभाडमा सबैभन्दा पहिला प्रहरी र स्वास्थ्यकर्मी पुग्ने गरेका कारण उनिहरुलाई सुरक्षितरहन सहयोग पुगोस भन्ने उद्देश्य अनुरुप पिपिई सहयोग गरेको नगर उप प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो । भने लालबन्दी नगरपालिका ५ मा खाद्यान्न बैँकको स्थापना गरिएको छ । वडा अध्यक्ष मोहनहरी भण्डारीको संयोजकत्वमा गठित ११ सदस्यीय समितिले आफ्नो वडा भित्रका अति विपन्न गरीब तथा निमुखा नागरीकलाई खाद्यान्नको अभाव नहोस भन्नका लागि खाद्यान्न बैँकको स्थापना गरिएको वडा अध्यक्ष भण्डारीले बताउनु भयो । खाद्यान्न बैकमा अहिले सम्म २० क्विन्टल चामल संकलन भई सकेको र सरकारी राहत वितरणको काम सकिए पछि वडाले संकलन भएको खाद्यान्न वितरण गर्ने वडा अध्यक्ष भण्डारीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech