पर्सा २ बाट पेस्तोल सहित साह पक्राउ

274 Shares

सर्लाहीको पर्सा गाउँपालिका २ बाट एक युवकलाई पेस्तोल सहित प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा गाउँपालिका २ स्थित रबि होटलबाट पर्सा गाउँपालिका ४ का अन्दाजी वर्ष  २३ का दिपक साहलाई एक थान पेस्तोल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार विशेष सुचनाको आधारमा खटिएको प्रहरी चौकी नारायणपुरको प्रहरी टोलीले साहलाई एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोली सहित नियन्त्रणमा लिएको हो ।पेस्तोल सहित नियन्त्रणमा लिइएका साहलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान अघि बढाएको  सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार