Close This

सर्लाहीमा कोरोना संक्रमितको संख्या ४८७

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-३२ गते   ३१५ पटक हेरिएको

सर्लाहीमा आइतबार ६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौंमा पीसीआर विधीबाट स्वाब परीक्षण गराउँदा हरिपुर नगरपालिकाका ५ जना र बरहथवा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

छिमेकी मुलुक भारतबाट आएर सम्वन्धित स्थानिय निकायको क्वारेन्टाइनमा रहेका नागरीकहरुमा कोरोना संक्रमण पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनु भयो । आइतवार थपिएका ६ जना समेत गरी सर्लाहीमा कुल कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।

सर्लाहीका अधिकांश कोरोना संक्रमित भारतबाट फर्किएका नागरीकहरु छन् । तर भारतबाट आउनेको संख्या पछिल्ला दिनमा निकै न्यून रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भयो ।सर्लाहीमा एकैदिन ६÷७ सय सम्म मानिस भारतबाट आएका भएपनि अहिले भने त्यो संख्या कम रहेको प्रजिअ जिसीले बताउनु भयो । सर्लाहीमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि कम हुँदै गएको छ ।

अहिले ८ सय जना जिल्लाका विभिन्न स्थानिय निकायहरुले तयार पारेका क्वारेन्टाइनमा बसिरहेका छन् । दुई साता भन्दा बढी क्वारेन्टाइनमा बसेकाहरुलाई होम क्वारेन्टाइन बस्न आग्रह गर्दै घर पठाउन थालिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech