Close This

मोटरसाईकल चोरीको आरोपमा सर्लाहीका ५ सहित ७ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२१ गते   २१५८ पटक हेरिएको

सर्लाहीको हरीवन नगरपालिका ११ बासाटोलको मोटरसाईकल वर्कशप संचालन पक्राउ परको छन् । हरिवन नगरपालिका ५ घरभई हरिवन नगरपालिका ११ बासाटोलमा मोटरसाईकल वर्कसप सञ्चालन गरि रहेका हन्दाजी २० वर्षीय राजा हुसेन पक्राउ परेका हुन ।
मोटरसाईकल चोरीको आरोपमा सर्लाहीका ३ जना सहित ६ जनालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगााडी बढाएको छ । हरिवन नगरपालिका ५ का हुसेन,बागमती नगरपालिका १ घरभई  भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ बस्दै आएका अन्दाजी वर्ष  २२ का वर्षीय बिमल तामाङ, बागमतीनगरपालिका ९ घर भएका अनिल तामाङ र मकवानपुरको बकैया गाउँपालिका ४ घर भएका २२ वर्षीय भुवन बोम्जन, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ निवासी २७ वर्षीय कमल लोप्चन र पहिचान खुल्न बाँकी अर्का एकजनालाई भक्तपुरको मध्यपुर ठिमी प्रहरी प्रभागको टोलीले नियन्त्रणमा लिएको छ ।
जेठ १४ गते राती भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ७, नगदेशबाट बागमती प्रदेश ०२–३३ प ६०७२ र बागमती प्रदेश ०२–१६ प  ८९३४ नम्बरको पल्सर २०० सीसीको मोटरसाईकल चोरी भएको घटनाको अनुसान्धानका क्रममा चोरी भएको मोटरसाईकल सहित ६ जनालाई नियन्त्रणमा लिईएको ठिमी प्रहरी प्रभागका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुर नै बस्दै आएका सर्लाहीका दुईजना बिमल र अनिललाई चोरी भएको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।
उनिहरुको बयानका आधारमा मध्यपुर ठिमी प्रहरी प्रभागबाटै खटिएको टोलीले हरिवनबाट अर्काएक जनालाई अर्काे चोरीको मोटरसाईकल सहित केही दिनअघि नियन्त्रणमा लिएको थियो । राजालाई नियन्त्रणमा लिन आएको  प्रहरीको टोलीले उनको वर्कशपबाट बा. ४६ प ९५४८  नम्बरको २२० सीसीको पल्सर मोटरसाईकल समेत बरामद् भएको जनाएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर लगायत ठूला शहरहरुबाट मोटरसाईकल चोरी गरेर हरिवन ल्याई वर्कशपमा नम्बर, पार्टसहरु लगायत परिवर्तन गर्ने र बिक्री गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र विस्तृतमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालत भक्तपुरबाट चोरी सम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरीले जनायो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech