लालबन्दी ६ को गोर्खा होटलमा झुण्डिएको अवस्थामा युवतीको शव फेला

494 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित रहेको गोर्खा होटल एण्ड गेष्ट हाउसमा एक किशोरीको शव फेला परेको छ।लालबन्दी नगरपालिका ६ स्थित रहेको गोर्खा होटल एण्ड गेष्ट हाउसमा कुकको काम  गर्ने लालबन्दी नगरपालिका १४ नारायण खोलाकी अन्दाजी १८ वर्षिय किशोरी अनिशा वाईवाको शव झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त होटलमा कुकको काम गर्ने लालबन्दी नगरपालिका १४ नारायण खोलाकी अन्दाजी १८ वर्षिय पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको हो ।घटना स्थलबाट शवलाई पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार