आगलागी तथा डढेलोबाट घाटगद्दीमा रहेको काठ जोगाउन घाटगद्दी वरिपरि ट्रेन्च खनियो

510 Shares

आगलागी तथा डढेलोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले मातहतका सव डिभिजनहरुको घाटगद्दीमा राखिएको काठ जोगाउन सुरक्षात्मक उपाय अपनाएको छ। जिल्लामा रहेका छ वटा सव डिभिजन वन कार्यालयहरु मध्य वन क्षेत्रमा रहेका पाँच वटा सव डिभिजन वन  कार्यालयहरुको घाटगद्दी वरिपरि ट्रेन्च खन्ने र ट्रेन्च वरिपरि चार मिटरको फायर लाईन निर्माण गरि सो भन्दा बाहिरको भागमा रहेका प्रज्वलनशिल पदार्थहरुको नियमित र नियन्त्रित रुपमा जलाउने कार्य भइरहेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले जानकारी दिए।

t.jpeg
उनका अनुसार प्रत्येक वर्ष सुख्खायाममा वनमा डढेलो तथा आगलागी हुने जोखिम अत्यधिक रहने भएकाले घाटगद्दीमा संकलित काठलाई सुरक्षित राख्न विशेष योजना अनुसार घाटगद्दी वरिपरि ट्रेन्च खन्ने र ट्रेन्च वरिपरि चार मिटरको फायर लाईन निर्माण गरि सो भन्दा बाहिरको भागमा रहेका प्रज्वलनशिल पदार्थहरुको नियमित र नियन्त्रित रुपमा जलाउने कार्य गरिएको हो ।
सव डिभिजन वन कार्यालय बाँके,घारी,लालबन्दी,जानकीनगर र मुर्तिया लगायतका क्षेत्रमा रहेको घाटगद्दी वरिपरि ट्रेन्च खन्ने र ट्रेन्च वरिपरि चार मिटरको फायर लाईन निर्माण गरि सो भन्दा बाहिरको भागमा रहेका प्रज्वलनशिल पदार्थहरुको नियमित र नियन्त्रित रुपमा जलाउने कार्य गरिएको डिभिजन प्रमुख झाले बताए ।उनकाअनुसार जिल्लाका विभिन्न ठाउँमा रहेका घाटगद्दीको सुरक्षा गर्न र डढेलो लागेमा घाटगद्दीमा रहेको काठ जोगाउन कठिन हुने भएकाले समयमै सतर्कता अपनाइएको हो ।
“डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको सहयोगमा सम्बन्धित सव डिभिजन वन कार्यालयहरुले घाटगद्दी वरिपरि ट्रेन्च खन्ने र ट्रेन्च वरिपरि चार मिटरको फायर लाईन निर्माण गरि सो भन्दा बाहिरको भागमा रहेका प्रज्वलनशिल पदार्थहरुको नियमित र नियन्त्रित रुपमा जलाउने,निगरानी बढाउने तथा सम्भावित जोखिम न्यूनीकरण गर्ने कार्य गरेका हुन।”डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सुचना अधिकारी हिरोहित चौधरीले बताए ।
यता,सुख्खायाा सुरु भएसंगै हुने आगलागी जन्य विपद् न्युनिकरणका लागि आवश्यक पूर्वतयारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए ।उनका अनुसार“स्थानिय तह,वन कार्यालय तथा सुरक्षाकर्मीहरुको समन्वयमा मौसम जन्य विपद् न्यूनीकरणका लागि काम भइरहेको छ। 
निगरानी तथा सतर्कता बढाइयो
सर्लाहीका विभिन्न क्षेत्रमा वन डढेलो लाग्ने घटनाहरू बढ्न थालेपछि सुरक्षा सतर्कता अपनाइएको हो। डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका अनुसार,डढेलो तथा आगलागी नियन्त्रण गर्न नियमित गस्ती,आगलागी रोक्न सचेतनामूलक कार्यक्रम तथा स्थानीय बासिन्दासँग समन्वय गर्ने काम भइरहेको छ।
आगलागी तथा डढेलो नियन्त्रणका लागि स्थानीय प्रशासन,वन कार्यालय तथा सामुदायिक वन समुहहरु र समुदायले समेत विशेष सतर्कता अपनाएका छन् ।यो पहलले घाटगद्दीमा रहेको काठलाई सम्भावित क्षतिबाट जोगाउने अपेक्षा गरिएको छ। समयमै सतर्कता अपनाइएको हुँदा आगलागी तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणमा मद्दत पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार