सिन्धुलीका नौ वटा स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०८३०८४ का लागि संघीय सरकारबाट कुल रु चार अर्ब २२ करोड २४ लाख अनुदान विनियोजन गरेको छ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर–सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार समानीकरण,सशर्त,विशेष तथा समपूरक अनुदान शीर्षकमा उक्त रकम सिन्धुलीका स्थानीय तहहरूलाई विनियोजन गरिएको हो।
दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी कुल नौ वटा स्थानीय तह रहेको सिन्धुलीमा विनियोजित रकम अनुसार सबैभन्दा बढी अनुदान दुधौली नगरपालिकालाई रकम प्राप्त भएको छ ।दुधौली नगरपालिकाका लागि रु ६७ करोड ५२ लाख रकम विनियोजन भएको दुधौली नगरपालिकाका कार्य वाहक नगर प्रमुख चन्द्र किशोर थारुले जानकारी दिए।त्यसपछि सिन्धुलीको सबै भन्दा पुरानो कमलामाई नगरपालिकाका लागि रु ६७ करोड तीन लाख विनियोजन भएको छ ।
यस्तै,गाउँपालिकाहरु मध्ये सबै भन्दा ठूलो तीनपाटन गाउँपालिकालाई रु ५४ करोड ६८ लाख,मरिण गाउँपालिकालाई रु ४४ करोड ७७ लाख र हरिहरपुरगढी गाउँपालिकालाई रु ४१ करोड ९४ लाख अनुदान प्राप्त भएको छ ।यता,सुनकोशी गाउँपालिकाका लागि रु ३८ करोड ५७ लाख,फिक्कल गाउँपालिकाका लागि रु ३८ करोड २५ लाख,गोलन्जोर गाउँपालिकाका लागि रु ३४ करोड ६५ लाख र घ्याङलेख गाउँपालिकाका लागि रु २४ करोड ६१ लाख रकम विनियोजन भएको हो ।
जिल्लाका सबै स्थानीय तहमा गरी कुल रु चार अर्ब २२ करोड २४ लाख अनुदान विनियोजन भएको हो।यस अनुदानले स्थानीय तहमा पूर्वाधार विकास,सेवा प्रवाह तथा विभिन्न विकास कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको सिन्धुलीका स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।