हरिपुरबाट ५९ बोतल वाइनक्रेस सहित १ जना पक्राउ

3k Shares

सर्लाहीको हरिपुर नगरपालिका ४ स्थित नवलपुर–मलंगवा सडकखण्डबाट प्रहरीले १ जना सहित लागु औषध नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यलय हरिपुरका प्र.स.नी. सिल्पा पासवानको नेतृत्वमा रहेको प्रहरी टोलीले सवारी चेकिँङ्ग गर्ने क्रममा मलंगवाबाट नवलपुर तर्फ आउँदै गरेको भारतिय नम्बरको बिआर३०एफ ९५९३ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा सोही मोटरसाईकलको ट्यांकीमा लुकाई छिपाई राखि ल्याउँदै गरेको अवस्थामा लागु औषध वाइनक्रेस९ध्क्ष्ल्ऋक्ष्च्भ्ह् ० ५९ बोतल फेला पारिएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहर िप्रमुख प्रहरी निरिक्षक बिक्रम साहले जानकारी दिनु भयो ।
मंगलबार चेकजाँचको क्रममा सो परिणामा लागु औषध सहित मोटरसाईकल चालक बागमती नगरपालिका ४ का अन्दाजी वर्ष ४० का आइते लामा पक्राउ परेका हुन ।नियन्त्रणमा लिइएको लागु औषध र मोटरसाइकल चालकको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार