Close This

इश्वरपुर ४ सागरनाथमा ४१ औँ मगर स्थापना दिवस मनाईयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१५ गते   १७५ पटक हेरिएको

गणेश खड्का


सर्लाहीको ईश्वरपुर नगरपालिका ४ सागरनाथमा ४१ औँ मगर दिवश मनाईएको छ । इश्वरपुर नगरपालिका ४ सागरनाथमा जिल्लास्तरीय भव्य कार्यक्रमको आयोजना गरि ४१ औँ मगर दिवश मनाईएको छ । 


नेपाल मगर संघ सर्लाही र मगर संघ ईश्वरपुर नगर समितिको संयुक्त आयोजनामा सागरनाथस्थित सिद्धार्थ टोलमा ४१ औँ मगर स्थापना दिवस मनाइएको हो । कार्यक्रममा मगर समुदायको भेषभुषा झल्किने झाँकी,¥यालीसहित,मन्तव्य,सम्मान,मगर खानपानको प्रदर्शन,गायन,नृत्यलगायत कार्यक्रम गरिएको नेपाल मगर संघ सर्लाहीका अध्यक्ष पूर्णबहादुर राना मगरले जानकारी दिए ।


नेपाल मगर संघ सर्लाहीका अध्यक्ष मगर र ईश्वरपुर नगर समितिका अध्यक्ष कृष्णबहादुर पूर्वछाने मगरको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा(ख) की मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 


जिल्लाभरका मगर समुदाय सहभागीतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उप–महासचिव छत्रबहादुर लुंगेली,केन्द्रीय सदस्य ओमबहादुर राना,ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्य,सशस्त्र प्रहरी बल छिनमस्ता बाहिनी मधेश प्रदेशका डीआईजी गणेश ठाडा मगर लगायतको आतिथ्यता रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech