आगलागी पीडितलाई राहत उपलब्ध हुन्छ ः माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले

607 Shares

देशभर आगलागीबाट ठुलो क्षति भएको उल्लेख गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।माओवादी केन्द्र सर्लाही क्षेत्र नम्बर ४ ले बलरामा आज(शनिबार)आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराए । 
माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस,नेकपा(एमाले),जनता समाजवादी पार्टी(जसपा),लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा),जनमत पार्टी लगायतका पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका सयौँ नेता तथा कार्यकर्तालाई स्वागत समेत गरेका छन् ।सर्लाही आएका माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले बलरा नगरपालिका ८ गडहिया–डुमरिया स्थित रहेको जनता नमुना मा.वि.को नवनिर्मित भवनको उद्घाटन समेत गरेका छन् ।

सम्बन्धित समाचार