सर्लाहीका तीन स्थानीय तहका शिक्षक र कर्माचारीहरु दशैंमा पनि तलब विहीन

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-६-३० गते   ४०६ पटक हेरिएको

सर्लाहीको हरिपुर्वा नगरपालिका,चन्द्रनगर र बसबरिया गाउँपालिकाका करिब तीन सय जना शिक्षक तथा कर्माचारीहरुले दशैँको मुखमा पनि तलब खान पाएका छैनन् ।जिल्लाका २० वटा स्थानीय तहहरु मध्य १७ वटाले नगर तथा गाउँ सभा गरि सकेका भएपनि तीन वटा स्थानीय तहरुले अझैँ पनि चालु आर्थिक वर्ष २०८०/०८१ को नगर सभा तथा गाउँ सभा गर्न नसक्दा करिब तीन सय शिक्षकहरु तथा कर्माचारीहरुले चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिना विति सक्नुका साथै नेपालीहरुको महान चाड दशैँ आउँदा समेत तलब खान नपाउदा निकै समस्या भएको हरिपुर्वा नगरपालिका ५ स्थित रहेको केशर गरिब जनता माविका प्रधानाध्यापक संजय कुमार यादवले गुनासो गर्नुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को नगर सभा तथा गाउँ सभा गर्न नसक्दा कोष तथा लेखा नियन्त्रक कार्यालयले रकम निकासा गर्न नसक्ने भएकाले तलब खान नपाएका हुन ।हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद साह तेली र सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवको आपसी विवादका कारण  हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत समेत लामो समय देखि छैनन् ।

 हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नआउँदा नगर सभा हुन सकेन भने चन्द्रनगर र बसबरिया गाउँपालिकामा अध्यक्ष र उपाअध्यक्ष वीचको आन्तरीक विवादका कारण गाउँ सभा हुन नसक्दा वर्ष दिनमा आउने दशैँमा पनि शिक्षकहरु तथा अन्य कर्माचारीहरुले तलब खान पाएनन् ।फरक फरक राजनैतिक दलबाट निर्वाचित भएका बसबरिया र चन्द्रनगर गाउँपालिकाका अध्यक्ष र उपा अध्यक्ष वीचको आन्तरीक विवदका कारण पटक पटक सामान्य विषयहरुमा विवाद समेत हुँदै आएको छ भने हरिपुर्वा नगरपालिकाका नगर प्रमुख साह र प्रतिनिधि सभा सदस्य यादवको शक्ति प्रदर्शनका कारण प्रमुख प्रशासकीय अधिकृत नआउँदा नगर सभा हुन सकेको छैन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech