कविलासीमा विद्यार्थीको र मलंगवामा सर्वसाधारणको प्रदर्शन

254 Shares

सर्लाहीको कविलासी नगरपालिका को कार्यालयमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।शिक्षकको व्यवस्था नभएको भन्दै जमुनिया मा.विका विद्यार्थीहरु भेला भएर नगरपालिका कार्यालयमा आई प्रदर्शन गरेका हुन्।उनीहरुले बुधबार दिउँसो नवलपुर–मलंगवा सडकमा प्रदर्शन गरेर केही समय सडक समेत अवरुद्ध पारेका थिए ।विद्यार्थीहरुले चक्काजाम खोल्न नमानेपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्रनाथ पौडेल प्रदर्शनस्थलमा पुगेर विद्यार्थीहरुको माग सुनेका थिए ।
त्यसपछि कविलासी नगरपालिका का नगर प्रमुख ब्रम्हदेव राय यादवलाई सम्पर्क गरेका थिए । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि उनी हाल काठमाण्डौँमा रहेका र काठमाण्डौँबाट फर्किएपछि विद्यार्थीसँग छलफल गरेर समस्या समाधान गर्न नगर प्रमुख यादवले बताए ।
त्यसैगरी,मलंगवा नगरपालिका– १० स्थित जिल्ला अदालत सर्लाही अगाडी विगत करिब चार महिना पहिलाको जवरजस्तीकरणी सम्बन्धी कसुरका पीडित पक्षले टायर वालेर विरोध प्रदर्शन गरेका छन् ।सर्लाहीको हरिपुर्वा घरभई नेपाली सेनामा कार्यरत मुकेश राय यादवले महोत्तरीको सोनमा गाउँपालिका–५ खैरवनी घर भएकी यादव थरकी किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई जवरजस्ती करणी गरे पछि विवाह नगरेको भनि पीडित पक्षले जवरजस्ती करणी सम्बन्धि मुद्दा दायर गरेकामा सर्लाही जिल्ला अदालतले रु तीन लाख धरौटीमा पीडितकलाई रिहाई गरेको विरोधमा पीडित पक्षले टायर वालेर विरोध प्रदर्शन गरेका हुन ।उनीहरुले आफुमाथि अदालतले अन्याय गरेको भन्दै अदालतको विरोधमा नारा जुलुस गर्दै प्रदर्शन गर्दा केही समय सवारीसाधन आवत जावतमा समेत अवरोध सृजना भएको थियो।

सम्बन्धित समाचार