पूर्ण छात्रवृतिमा नाम निकालेर एमबिबिसमा अध्ययनरत चन्द्रनगर गाउँपालिकाका युवालाई सर्लाहीको चन्द्रनगर गाउँपालिकाले शैक्षिक सामाग्री सहित पढाईको लागि आर्थिक सहयोग गरेको छ ।चन्द्रनगर गाउँपालिका ३ बडकुर्बा मनिष महतो सुडीले पूर्ण छात्रवृतिमा केएमसी काठमाडौंबाट प्लस टु अध्ययन गरेर ३ दशमलव ८५ जिपिए ल्याएका र एमबिबिएस अध्ययनको लागि पूर्ण छात्रवृतिमा ९५ औँ स्थानमा नाम निकालेर विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अध्ययन गर्न थालेका उनलाई चन्द्रनगर गाउँपालिकाले शैक्षिक सामाग्री सहित पढाईको लागि रु ५० हजार सहयोग गरेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महत्तोले जानकारी दिए ।
उनका अनुसार एमबिबिएस पढाईलाई निरन्तरता दिन र सफलतापुर्वक सम्पन्न गर्नको लागि शैक्षिक तथा पढाई खर्चको लागि आर्थिक सहयोग गरि दिनु हुन भन्दै मनिषले चन्द्रनगर गाउँपालिकामा निवेदन दिएका र सोही अनुसार उनलाई रु ५० हजार आर्थिक सहयोग गरिएको हो ।
मनिषले एमबिबिएस र बिडिएस दुवैमा अध्ययनको लागि लिइएको प्रवेश परिक्षामा पुर्ण छात्रवृति खुल्ला तर्फ नाम निकालेका थिए ।एमबिबिएसको प्रवेश परिक्षामा कुल तीन सय ८० सिटमा ९५ औं स्थानमा तथा बिडिएसको प्रवेश परिक्षामा कुल ६५ सिटमा १४ औं स्थानमा खुल्ला तर्फ पुर्ण छात्रवृतिमा नाम निकाल्न सफल मनिषको उत्कृष्ट शैक्षिक प्रदर्शनले चन्द्रनगर गाउँपालिकाका अन्य युवा विद्यार्थीलाई पनि अध्ययन प्रति मनोबल अभिवृद्धि हुने विश्वास लिईएको गाउँपालिकाले जनाएको छ ।