Close This

प्रदेश नम्बर २ मा ४ सय १९ जनाको आरडीटी परीक्षण, २ सय ८१ नेगेटिभ

पत्र पत्रिका    प्रकाशित: २०७७-१-४ गते   ४९९ पटक हेरिएको

प्रदेश २ का आठवटै जिल्लामा -यापिड टेस्ट किट (आरडीटी) को माध्यमबाट बुधबारसम्म ४ सय १९ मध्ये २ सय ८१ को परिणाम नेगेटिभ आएको छ भने १ सय ७३ जनाको नमुना परीक्षण हुने क्रममा रहेको छ ।

कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेस्ट अन्तर्गत सप्तरीको राजविराज स्थित गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा १२, अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८, कञ्चनपुर नगरपालिकामा ८, हनुमाननगर गाउँपालिकामा २, महादेवा गाउँपालिकामा ६, बोदेवरसाइन नगरपालिकामा १०, बलान बिहुल गाउँपालिकामा १३, तिलाठी कोइलाडी गाउँपालिकामा ३, खड्ग नगरपालिकामा २, राजगढ गाउँपालिकामा २ र डाक्नेश्वरी गाउँपालिकामा २ जना गरि जम्मा ७८ जना शंकास्पद व्यक्तिको आरडीटी टेस्ट गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै सिरहाको सिरहा अस्पतालमा २७, नवराजपुर गाउँपालिकामा ७, गोलबजार नगरपालिकामा ६ र कर्जन्हा नगरपालिकामा ८ गरि जम्मा ४८ जनाको आरडीटी टेस्ट गरिएको छ ।

धनुषाको १८ वटा स्थानीय तह मध्ये गणेशमान चारनाथ नगरपालिकामा ९ जनाको मात्र आरडीटी टेस्ट गरिएको छ भने महोत्तरीको औरही नगरपालिकामा ११ र बलवा नगरपालिकामा १५ गरि जम्मा २६ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा ५०, हरिपुर नगरपालिकामा २ र कोडैना नगरपालिकामा ५ गरि कुल ५७ जनाको ¥यापिड टेस्ट किट मार्फत परिक्षण गरिएको हो । प्रदेश नम्बर २ मा सबैभन्दा बढी रौतहटमा १ सय ६९ जनाको -यापिड टेस्ट किट मार्फत जाँच गरिएको छ ।

त्यस्तै चन्द्रपुर नगरपालिकामा १२, कटहरिया नगरपालिकामा ३०, इशनाथ नगरपालिकामा ८०, परवाहा नगरपालिकामा २७, गरुडा नगरपालिकामा ५, बौद्धिमाई नगरपालिकामा ११ र फतवा विजयपुर नगरपालिकामा ४ गरि जम्मा १ सय ६९ जनाको ¥यापिड टेस्ट किट मार्फत टेस्ट गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बाराको सिम्रौनगढ नगरपालिकामा ५ र महागढीमाई नगरपालिकामा ६ गरि ११ जनाको आरडीटी परिक्षण सम्पन्न भएको सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. रामप्रसाद घिमिरेले बताए । पर्साको छिपहरमाई गाउँपालिकामा ३, पकहा मैनपुर गाउँपालिकामा ४ र कालिकामाई गाउँपालिकामा ३ गरि जम्मा १० जनाको आरडीटी टेस्ट गरिएको सचिव डा. घिमिरेले बताए ।

डा. घिमिरेले -यापिड टेष्टमा कोरोनाले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा मात्र परीक्षण हुने भएकाले उनीहरु सबैको पीसीआर परीक्षण समेत गरिने जानकारी दिए ।

-यापिड टेस्ट किट (आरडीटी) परीक्षणका लागि प्रदेशका आठवटै जिल्लामा विज्ञसहितको ४ वटा टोली खटाइएको छ । २/२ जिल्लामा गरि १/१ वटा टोलीलाई खटाइएको हो । टोलीमा मेडिकल डाक्टर, जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जनाए ।

अहिलेसम्म प्रदेश २ मा ४ सय ५८ जनाको स्वाब संकलन भएकोमा २ सय ८१ जनाको नतिजा नेगेटिभ आएको छ भने ४ जना पोजिटिभ बिरामीको उपचार भइरहेको छ । १ सय ७३ जनाको नमुना परीक्षण हुने क्रममा जारी रहेको मन्त्रालयले जनाएको छ ।रातोपाटी

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech