सर्लाहीको विभिन्न स्थानहरुबाट प्रहरीले दुई वटा सवारी साधनहरु सहित रु १६ लाख भन्दा बढीको भन्सार छलीका विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी युनिटहरुबाट खटिएका प्रहरी कर्माचारीहरुले जिल्लाका विभिन्न स्थानबाट दुई वटा सवारी साधनहरु सहित अन्दाजी मुल्य रु १६ लाख ९७ हजार दुई सय २० बराबरको भन्सार छलीका विभिन्न सामानहरु नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।उनका अनुसार ज ९ प ९७४३ र विआर ३३ एन ७५७२ नम्बरका मोटरसाईकलहरु सहित चिनी,विभिन्न किसिमका कपडाहरुका साथै रेडिमेट गरगहनाहरु,घरेलु मदिरा बनाउने कच्चा पदार्थहरु,सुर्तिजन्य पदार्थहरु,हार्डवेयरका सामानहरु,कुखुराहरुका साथै विभिन्न किसिमका किरानाका सामानहरु नियन्त्रणमा लिएको हो ।
त्यसैगरी पुजा सामाग्रीहरुका साथै ईलेक्ट्रिनिक सामाग्रीहरु,पटकाका साथै खाद्यान्नका सामाग्रीहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।नेपाल भारत खुल्ला सिमानाहरुका साथै नेपालीहरुको महान चाड दिपावलीका लागि आवश्यक पर्ने सामानहरु जिल्लाका विभिन्न सिमानाकाहरुबाट भन्सार छली चोरी पैठारी गरी लयाउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको सामानहरु आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय बुझाउने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण धितालले जानकारी दिए ।