इश्वरपुरमा एक दिने निःशुल्क शिविर सञ्चालनबाट ६ सय ३९ जना लाभान्वित

गणेश खड्का    प्रकाशित: २०८०-५-१३ गते   ४४५ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बयलवासमा रहेको नगर अस्पतालमा आयोजना गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट छ सय ३९ जना लाभान्वित भएका छन् । 
इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारमा रहेको नगर अस्पतालमा बुधबार आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट नगरका छ सय ३९ जना लाभान्वित भएका इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
इश्वरपुर नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा जानकी मेडिकल कलेज शिक्षण अस्पताल जनकपुरले प्राविधिक सहयोगमा गरेको इश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष मो.रहमत अन्सारीले जानकारी दिए ।उनका अनुसार सो शिविरबाट छ सय ३९ जनाले विभिन्न रोगको निःशुल्क उपचार गराएका हुन ।
जसमा चार सय ४५ जना महिला र एक सय ९४ जना पुरुषले स्वास्थ्य शिविरबाट लाभ लिएका छन् । आँखाका ६१,जेनरल फिजिसियनका एक सय ६१,सर्जरीका ६१,स्त्री तथा प्रसुतिका ६७,बालबालिकाका २८,हाडर्जोनीका एक सय ४७,छालाका ४२,दन्तका १०,नाक,कान,घाँटीका ४९ र यूएसजी सेवा १३ जनाले लिएका इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले जानकारी दिए ।उनका अनुसार ईश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्यले नगरभित्रका अतिविपन्न तथा गरिव परिवारका बिरामीले आफ्नै ठाउँमा निःशुल्क औषधि उपचार पाऊन भन्ने उद्देश्यले जनकपुरबाट विशेषज्ञ चिकित्सक ल्याएर निःशुल्क शिविर सञ्चालन गरेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech