Close This

लालबन्दी नगरपालिका १० मा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक युवक घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-५ गते   २८० पटक हेरिएको

शंखर पहाडी(गौरब)


सर्लाहीको लालबन्दी नगरपालिका १० चन्द्रपुरमा शुक्रबार भएको मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा एकजना घाईते भएका छन् । लालबन्दी नगरपालिका १० चन्द्रपुरमा शुक्रबार भएको मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा लालबन्दी नगरपालिका ११ हीरापुरका अन्दाजी वर्ष २२ का कमलेश महतो गम्भीर घाइते भएका छन् । घाईते महतोलाई सिटी केयर अस्पताल लालबन्दीमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्कीले जानकारी दिए ।
शुक्रबार अपरान्ह करिब साँढे ४ बजे लालबन्दीबाट चन्द्रपुरहुँदै हीरापुरतर्फ गइरहेको ना ५६ प ७२१० नम्वरको मोटरसाइकल र उत्तरतर्फबाट बालुवा लिएर आउँदै गरेको ग १ त ४१९५ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ भने फरार भएका चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech