सिन्धुलीका दुई पालिकामा सतप्रतिशत सहित ८४ प्रतिशत बढी धान रोपाईँ

356 Shares

बागमती प्रदेशको सिन्धुलीमा गत वर्षको तुलनामा यस वर्ष धान रोपाईँ घटेको छ ।जिल्लाको कुल १३ हजार चार सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने भएपनि यस वर्ष ११ हजार तीन सय ५७ हेक्टर क्षेत्रफलमा अर्थात ८४ दशमलव ४७ प्रतिशत क्षेत्रफलमा धान रोपाईँ भएको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले जानकमारी दिए ।जिल्लाको कमलामाई नगरपालिकामा चार हजार ४१ हेक्टर,दुधौली नगरपालिकामा तीन हजार पाँच सय  ५८ हेक्टर,सुनकोशी गाउँपालिकामा आठ सय ६२ हेक्टर,घ्याङ्लेक गाउँपालिकामा तीन सय ५८ हेक्टर,फिक्कल गाउँपालिकामा दुई सय ७९ हेक्टर,तीनपाटन गाउँपालिकामा एक हजार छ सय ६६ हेक्टर,मरिण गाउँपालिकामा एक हजार चार सय ५२ हेक्टर,हरिहरपुरगढी गाउँपालिकामा सात सय १४ हेक्टर र गोलन्जोर गाउँपालिकामा पाँच सय १५ हेक्टर गरी कुल १३ हजार चार सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने भएपनि यस वर्ष कुल ११ हजार तीन सय ५७ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाईँ भएको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार सिन्धुलीको कमलामाई नगरपालिकामा सबै भन्दा धेरै चार हजार ४१ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भने सबै भन्दा कम फिक्कल गाउँपालिकामा दुई सय ७९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।कार्यालयका अनुसार कमलामाई नगरपालिकामा चार हजार ४१ हेक्टर  मध्य तीन हजार छ सय ३७ हेक्टर अर्थात ९० प्रतिशत,दुधौली नगरपालिकामा तीन हजार पाँच सय  ५८ हेक्टर मध्य दुई हजार चार सय ९१ हेक्टर अर्थात ७० प्रतिशत,सुनकोशी गाउँपालिकामा आठ सय ६२ हेक्टर मध्य सात सय ५० हेक्टर अर्थात ८७ प्रतिशत,घ्याङ्लेक गाउँपालिकामा तीन सय ५८ हेक्टर मध्य तीन सय ५८ हेक्टर अर्थात सत प्रतिशत,फिक्कल गाउँपालिकामा दुई सय ७९ हेक्टर मध्य दुई सय ३७ हेक्टर अर्थात ८५ प्रतिशत,तीनपाटन गाउँपालिकामा एक हजार छ सय ६६ हेक्टर मध्य एक हजार पाँच सय ९९ हेक्टर अर्थात ९६ प्रतिशत,मरिण गाउँपालिकामा एक हजार चार सय ५२ हेक्टर मध्य एक हजार दुई सय ६३ हेक्टर अर्थात ८७ प्रतिशत,हरिहरपुरगढी गाउँपालिकामा सात सय १४ हेक्टर मध्य छ सय २१ हेक्टर  अर्थात ८७ प्रतिशत र गोलन्जोर गाउँपालिकामा पाँच सय १५ हेक्टर मध्य पाँच सय १५ हेक्टर नै अर्थात सतप्रतिशत धान रोपाईँ भएको छ ।
सुरुमा पानी नपर्दा यो वर्ष ढिलो रोपाईँ भएको जिल्लाका किसानहरुको भनाई छ।किसानहरुले ढिलो बिउँ राखेका कारण रोपाइैँ कम भएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले जानकारी दिइन्।उनका अनुसार गत वर्ष जिल्लामा ९७ प्रतिशत क्षेत्रफलमा धान रोपाईँ भएको भएपनि यस वर्ष ८४ दशमलव ४७ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाईँ भएको छ ।जसका कारण यस वर्ष तुलनात्मक रुपमा धान उत्पादन पनि घट्ने अनुमान गरिएको कार्यालयले जनाएको छ ।पहिले गोरुको अत्यधिक प्रयोग गरिने फाँटहरुमा पछिल्लो समय रोपाईका लागि ट्याक्टरको प्रयोग बढ्दै गएको छ ।कम लगानी र थोरै समयमा धेरै जोतिने भएकाले ट्याक्टरको प्रयोग बढ्दै गएको स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार