Close This

मलंगवाबाट एक भारतिय सहित २ हत्यारा पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१८ गते   २१० पटक हेरिएको

 सर्लाहीको सदरमुकाम मलंगवामा चैत ११ गते राति  घाँटी छिनाएर हत्या गरि फालिएको अवस्थामा फेला परेको शवको हत्यारा सर्लाही प्रहरीले सार्वजनिक गरेको छ । मलंगवा नगरपालिका १० का अन्दाजी वर्ष २५ का सुशील कुमार यादवको हत्यारालाई प्रहरीले बुधार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सममेलन गरि यादवका हत्यारा   मलंगवा नगरपालिका १० का अन्दाजी वर्ष ४५ का विमलकान्त पाठक(बाबा¬¬) र निजका भान्जा भारतको विहार राज्य सितामढी  बथनाहा थाना, मझौलियास्टेट १० का अन्दाजीे वर्ष ४१ का अशोक झालाई यादवको हत्या गरेको आरोपमा हतियार सहित सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । उनीहरुलाई मलंगवा बजार क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राठौरले बताउनु भयो ।
 प्रहरी उपरिक्षक राठौरका अनुसार मृतक यादवका भाई ११ वर्षीय शिवम यादवको बयान र काकी शोभा देवीले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई घटनाको भोली पल्ट शव बरामद भएकै दिन नियन्त्रणमा लिएर  सातदिनको म्याद थप गराइ अनुसंधान अगाडि बढाएको थियो ।    अनुसंन्धानको क्रममा प्रतिवादी विमलकान्तका अनुसार मृतक यादवले ६ महिना अगाडि आफ्नो घरमा रहेका विभिन्न सामानहरु चोरी गरेको बताएका छन् । उनीहरु बिच आर्थिक लेनदेन तथा घरायसी कारणले पटक पटक झै–झगडा, विवाद समेत हुँदै आएकोले मृतक यादवले आफुलाई मार्न सक्छ भन्ने डरले मौका मिलाएर निजलाईनै मार्ने पुर्व योजना बनाएको समेत खुल्न आएको प्रहरीले जनाएको छ । 
भारतिय नागरिकले आफ्नो भान्जासँग मिलेर  हत्या गरेको प्रहरी समक्ष उनीहरुले स्विकार गरेका प्रहरीले बताएको छ । भारतीय नागरिक अशोक लामो सयमदेखि मलंगवामै बस्दै आएका बुझिएको छ ।       मृतक यादवको चैत ११ गते बुधबार राति ११ बजे मलंगवा नगरपालिका ९ स्थित टावर चौक नजिक खेतमा टाउको काटेर विभत्स ढंगले  हत्या गरिएको थियो ।
 वुधवार रातीदेखि बेपत्ता रहेका यादवको शव  बिहिवार बिहान टाउको काटेर हत्या गरिएको अवस्थामा स्थानीयहरुले फेला परेका थिए । मृतकको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो । शरीर भेटिएको ठाउँ भन्दा करिव ५० मिटर पूर्व टाउको भेटिएको प्रहरीले जनाएको छ ।    मृतक र आरोपी लागुऔषध प्रयोगकर्ता रहेका प्रहरीको अनुसन्धानले देखाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech