ट्राफिक सप्ताह–२०८३ को अवसरमा रक्तदान कार्यक्रम

193 Shares

 ट्राफिक सप्ताहको अवसर पारेर सर्लाहीमा गरिएको रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन्।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही अन्र्तगतको अस्थायी ट्राफिक प्रहरी चेकपोष्ट कर्मैयाको आयोजना तथा नेपाल रेडक्रम सोसाईटीको प्राविधिक सहयोगमा भएको आयोजना गरिएको रत्तदान कार्यक्रममा बागमती नगरपालिकाका निवर्तमान नगर प्रमुख भरत कुमार थापा सहित स्थानीय र सुरक्षाकर्मीहरुले रक्तदान गरेका अस्थायी ट्राफिक प्रहरी चेकपोष्ट कर्मैयाका प्रमुख राजाराम मण्डलले जानकारी दिए ।

WhatsApp Image 2026-06-21 at 12.54.58 PM.jpeg
उनका अनुसार “ट्राफिक सप्ताह–२०८३”को अवसरमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरुका साथै सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रमहरु गरिएको छ ।ट्राफिक सप्ताहको क्रममा जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम पालना सम्बन्धी सचेतनामूलक अभियान,चालक तथा सहचालकसँग अन्तरक्रिया,विद्यार्थी लक्षित जनचेतना कार्यक्रम र सडक सुरक्षा सम्बन्धी प्रचार प्रसारका गतिविधिहरू सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिए ।

WhatsApp Image 2026-06-21 at 12.54.57 PM.jpeg
उनका अनुसार रक्तदान कार्यक्रमले ट्राफिक प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नुका साथै समाजसेवाको क्षेत्रमा समेत सकारात्मक सन्देश दिएको छ।कार्यक्रममा सहभागीहरूले सडक सुरक्षासँगै मानव सेवाका यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।ट्राफिक सप्ताहको अवसरमा आयोजित रक्तदान कार्यक्रमले सामाजिक एकता, मानवीय सहयोग र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताए।

WhatsApp Image 2026-06-21 at 12.54.56 PM.jpeg

सम्बन्धित समाचार