कांग्रेस सर्लाहीको निर्वाचन अनिश्चितकालका लागि स्थगित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-२३ गते   ६६४ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन मण्डलले जनाएको छ । विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिहले  जानकारी दिनु भयाे ।
उहाँका अनुसार साेमबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएकाे हो । निर्वाचन स्थगित भएपछि मतदान स्थल पब्लिक माध्यमिक विद्यालय बाहिर कांग्रेस नेता कार्यकर्ताहरुले नाराबाजी गरेका छन् ।
मतदानका लागि भन्दै बिहानै जिल्लाभरबाट नेता कार्यकर्ताहरु  मलंगवा पुगेका थिए । ४ घण्टासम्म तातो घाममा लाइन बसेर मतदान गर्न नपाएको भन्दै कार्यकर्ताहरु आक्रोशित बनेका कांग्रेसका एक नेताले जानकारी दिनुभयाे ।
आज हुने भनिएको निर्वाचनका लागि सर्लाहीको २० वटा स्थानिय निकायका २ सय  वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधिहरु मतदान स्थलमा पुगेका थिए । पदाधिकारी र सदस्य गरि ९३ जनाकाे लागि जिल्लामा ३ हजार २ सय ८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात मतदाताहरु रहेका नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
काँग्रेस सर्लाहीको सभापतिमा संस्थापन अर्थात प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतर अर्थात शेखर कोइराला शपक्षबाट लक्ष्मण राय प्यानलसहित चुनावी मैदानमा हाेमिएका थिए।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech