नेकपा(एमाले)सर्लाहीको अध्यक्षमा पुन राजनारायण साह निर्वाचित भएका छन् ।एमाले सर्लाहीको नवौँ महाधिवेशन पछि भएको निर्वाचनको मतगणनामा अध्यक्षका उम्मेदवार हरिवन नगरपालिकाका निवर्तमान नगर प्रमुख गणेश प्रसाद प्रसाईलाई झिनो मतान्तरले पराजित गर्दै निर्वतमान जिल्ला अध्यक्ष साह पुनःअध्यक्षमा निर्वाचित भएका निर्वाचन समितिका संयोजक रमेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष विदुरकुमार प्याकुरेल,सचिवमा डिल्लीप्रसाद अधिकारी,उपसचिव खुल्लामा बलराम एस्माली मगर र उपसचिव महिलामा विभा नेपाल विजयी भएका हुन ।निवर्तमान अध्यक्ष साहको प्यानलबाट उम्मेदवारी दिएका प्याकुरेल,अधिकारी,एस्माईली मगर र नेपाल प्यानलै निर्वाचित भएका हुन।अध्यक्षमा निर्वाचित भएका साहले दुई सय ८० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी हरिवन नगरपालिकाका निवर्तमान नगर प्रमुख प्रसाईंले दुई सय ६८ मत र जय प्रकाश यादवले २० मत पाएका एमाले सर्लाहीले जनाएको छ ।
त्यस्तै उपाध्यक्षमा प्याकुरेलले दुई सय ६२ मत,पार्वती विश्वकर्माले एक सय ७१ मत र प्रकाश थापाले एक सय २१ मत पाएका छन् ।सचिवमा अधिकारीले एक सय ७७ मत,बलराम पोखरेलले एक सय ३९मत,सुनिल श्रेष्ठले एक सय ३१ मत र चूडामणि वाग्लेले ८६ मत पाएका निर्वाचन समितिले जनाएको छ ।
उपसचिव महिलातर्फ नेपालले दुई सय ६३ मत पाउँदा ईश्वरपुर नगरपालिकाकी निवर्तमान नगर उप प्रमुख एकावती चौधरीले जम्मा पाँच मत पाएकी छिन् ।उपसचिव खुल्लातर्फ एस्माली मगरले दुई सय १७ मत पाई विजयी हुँदा अन्य उम्मेद्वार अजय सिंह एक सय एक मत,मोहन भण्डारी एक सय दुई मत,सन्तोष आचार्य ७१ मत,लक्ष्मण साह कलवार १८ मत र संजिव सिंहले १७ मत पाएका छन् ।
त्यस्तै लेखा समिति अध्यक्षतर्फ रमेश चौलागाईं एक सय ६३ मत सहित विजयी हुँदा उत्तम परियार एक सय ६२ मत पाएका छन्।उनी चौलागाईँसंग एक मतले पराजीत भएका हुन,भने माधव प्रसाद सुवेदीको एक सय ५१ मत रहेको छ ।लेखा समितिको सचिवमा हरिवन नगरपालिकाकी निवर्तमान नगर उप प्रमुख रेणुका पौडेल दुई सय ५२ मत सहित विजयी हुँदा प्रतिद्वन्द्वी विनय कुमार साह एक सय २८ मत र लक्ष्मी कुमारी दाहालको ८८ मत पाएका छन् ।लेखा समिति सदस्य पुरुषतर्फ खेम बहादुर भण्डारी दुई सय ५२ मत र प्रेम बहादुर महत एक सय ९६ मत सहित विजयी हुँदा सन्देश मणि खड्काले एक सय ६२ मत मात्र प्राप्त गरेका छन् ।
त्यसैगरी दलित महिला सदस्यतर्फ चन्द्रकला विक एक सय ७२ मत सहित विजयी हुँदा जया कुमारी पासवान एक सय ६३ मत र श्यामा विक ७२ मत सहित पराजित भएका निर्वाचन समितिले जनाएको छ।मुस्लिमतर्फ खुल्लामा दुई जना समिम खान दुई सय ५१ मत र शेख सैउद दुई सय ३० मत सहित विजयी हुँदा जाकिर अन्सारी एक सय ७५ मत पाई पराजित भएका छन्।अपांगतर्फ खुल्लामा रविन कुमार मैनाली एक सय ४१ मत सहित विजयी हुँदा श्याम खड्का एक सय २६ मत,बुधन साह एक सय १९ मत र जासर प्रसाद ७८ मत सहित पराजित भएका छन् ।
त्यस्तै यसअघि आदिवासी जनजातीतर्फ पाँच जना र मजदुरतर्फ तीन जना जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भई सकेका छन् । जनजातीतर्फ शंकर राम श्रेष्ठ,चन्द्र बहादुर दोङ,योगेन्द्र चौधरी,निर्मला लामा र लक्ष्मी मंग्राती निर्वाचित भएका छन् भने,मजदुरतर्फ पोष्ट कुमार लुईंटेल,दिलिप कुमार साह र शान्ता देवी राई निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
पाँच जना खुल्ला सदस्यहरु तथा भूगोलतर्फ केही पालिकाको मतगणना बाँकी रहेकाले नतिजा आई नसकेको एमाले सर्लाहीले जनाएको छ ।खुल्ला सदस्यमा २३ जनाको उम्मेद्वारी परेको छ ।त्यसैगरी भूगोलतर्फ केही पालिकामा निर्विरोध निर्वाचित भएका भएपनि बाँकी पालिकामा मतदान नै भएको छ ।अब खुल्ला सदस्य र भूगोलतर्फका सदस्यहरुको मतगणना सूरु भएको निर्वाचन समितिका संयोजक न्यौपानेले जानकारी दिए ।