सर्लाहीको लालबन्दी नगरपालिका–११ हिरापुरबाट प्रतिवन्धित लागु औषध गाँजा सहित एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय केशरगन्जको प्रहरी गस्ती टोलीले लालबन्दी नगरपालिका–११ हिरापुरका अन्दाजी २७ वर्षीय थमबङ लामालाई ५७ किलो प्रतिवन्धित लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार गाँजा ओसार्न प्रयोग भएको बागमती प्रदेश ०२–०६२ प ७०७३ नम्बरको मोटरसाईकल समेत बरामद भएको छ।कार्यालयका अनुसार लालबन्दीबाट इश्वरपुर तर्फ तिब्रगतीमा जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्नका लागी गस्ती टोलीले रोक्न खोजेपछि मोटरसाइकल पछाडी सबार एकजना भने भाग्न सफल भएका छन् । मोटरसाइकल चलाएका लामालाई भने नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी,तीनजना मानिस सहित नियन्त्रणमा लिएका किराना सामानहरु आवश्यक काबाृहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।त्यस्तै सात वटा मोटरसाइकल समेत बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।भारतबाट भन्सार छली लुकाई छिपाई नेपालतर्फ भित्र्याउँदै गरेको रु चार लाख ९७ हजार पाँच सय ७५ बराबरको मिठाई तथा किरानाका सामाग्रीहरु सहित तीन जना मानिसहरु नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

प्रहरीले बिआर ३० एए ४४३७,बिआर ०६ बिडी २१२४,बिआर ०६ बिएल ७१४,बिआर ३०एएच ८४५५,बिआर ३० यु ९४७८,बिआर ३० यु ४५८६ र नम्बर नखुलेको एउटा गरी सात वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको सर्लाही प्रहरीले जनाएको छ ।