हरिपुर्वाका कर्मचारीहरुद्धारा विज्ञापन प्रकाशनको समेत कमिसन माग

342 Shares

सर्लाहीका अधिकांश स्थानीय तहहरुले निर्माण उपभोक्ता समितिका साथै निर्माण व्यावसायीहरुसंग कमिसन असुल्ने गरेका पाइएको छ।सर्लाहीको हरिपुर्वा नगरपालिकाको लेखा शाखा,शिक्षा शाखा र सूचना अधिकारी शाखाले एउटा विज्ञापन प्रकाशनको २५ प्रतिशत कमिसनमागेपछि सोरहस्य बाहिरिएको हो।केही महिना पहिला एउटा राष्ट्रिय दैनिक पत्रिकामा हरिपुर्वा नगरपालिका २ स्थित निर्माण भएको अस्पतालमा स्वास्थ्य सामाग्री खरिद सम्बन्धी सूचना प्रकाशन भई विल पेश भएपछि एक सञ्चारकर्मीसंग नगरपालिकाको शिक्षा शाखाका जनक काफ्ले सहित सूचना अधिकारी कुमार नेपालीले पटक पटक फोन गरी रु ३० हजार कमिसन माग गरेपछि सोरहस्य बाहिरिएको हो ।
हरिपुर्वा नगरपालिकाका स्थानीयबासीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरेका बुझिएको छ ।उनीहरुले हरिपुर्वा नगरपालिकाको लेखा अधिकृत सन्जय पटेल,शिक्षा शाखा प्रमुख जनक काफ्ले,प्रशासकीय अधिकृत एवम सूचना अधिकारी कुमार नेपाली र योजना शाखा प्रमुख श्री डोर बहादुर तामाङकमा विरुद्ध अख्तियारमा उजुरी गरे पछि उनीहरुले आफ्नो पदको दुरुपयोग गरि हरिपुर्वा नगरपालिकामा सञ्चालित योजनाहरुको सञ्चालनको क्रममा निर्माण उपभोक्ता समितिहरु तथा निर्माण व्यावसायीहरुका साथै नगरपालिकाले विभिन्न मिडियाहरुमा प्रकाशन गरेका सूचनाहरुको समेत चर्काे कमिसन असुली गरेर आर्थिक अपचलन गर्ने गरेका,मुस÷रिसवत माग तथा असुली गरेर अकुत सम्पती आर्जन गरेका साथै भ्रष्टाचार गरेका भन्दै उजुरी पेश गरेका एक स्थानीयले बताए।उनका अनुसार सञ्चारकर्मीसंग त कमिसन माग्छन् भने योजनाहरुको सञ्चालनको क्रममा निर्माण उपभोक्ता समितिहरु तथा निर्माण व्यावसायीहरुसंग उनीहरुले के बाँकी राख्लान ?बताए । 
सो विषयमा हरिपुर्वा नगरपालिकाको शिक्षा शाखाका संयोजक काफ्ले र सूचना अधिकारी नेपालीले कमिसनमाग गरेको पाँच वटा टेलिफोन वार्ताको कल रेकर्ड हामीलाई  समेत प्राप्त भएको छ ।सो सम्बन्धमा बुझ्न नगरपालिकाका लेखा अधिकृत पटेल र योजना शाखाका तामाङलाई फोन गर्दा उनीहरुसंग कुरा हुन सकेन् ।

सम्बन्धित समाचार