Close This

सर्लाहीको गौरीशंकर र हरकठवामा जंगली हात्तीको आतंक निरन्तर,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२८ गते   २० पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, गौरीशंकर हरकठवामा जंगली हात्तीले आइतवार किसानहरुको खेतको धान खाएर सखाप पारेको छ । तीनवटा जंगली हात्तीको समूहले स्थानीय रण कुमार सुनुवार र पृथ्बी बहादुर सुनुवारको दुई÷दुई कठ्ठामा पाक्न लागेको धान खाएर नष्ट गरेको हो । उनिहरुका दिनभर नजिकैको जंगलमा बस्ने हात्तीले रात परेपछि किसानहरुको खेतमा पसेर मुखैमा आइसकेको बाली धान नष्ट गरेको छ ।
थाल भाँडा ठटाउने र आगो बाल्ने गर्दा पनि हात्तीहरु अटेरी भई धान खाइदिने गरेको स्थानीय किसानहरुले बताएका छन् । यसरी बारम्बार देखा परिरहने हात्तीले त्यहाँका किसानहरुले लगाएको धान बाली नष्ट गरिरहेको छ । हात्तीले सागरनाथ वन विकास परियोजनाको जंगलसँगै टाँसिएको श्रीनगर, हरकठवा, सागरनाथ लगायत क्षेत्रमा किसानहरुले लगाएको बालीनाली नष्ट गर्दै आइरहेको छ । हात्तीको आतंकले स्थानीयवासी निर्धक्कसँग बस्न सकेका छैनन् । हात्ती आउने डरले कतिपय स्थानीय  रातभर जाग्राम समेत बस्ने गरेका स्थानीयले बताएका छन् ।
सर्लाहीमा ४ महिनाअघि आएका तीनवटा हात्ती, आएको ठाउँतिर फर्किएर गएका छैनन् । ती हात्तीले सागरनाथ र बाँके जंगलमा बसेर किसानहरुको अन्नबाली खाइदिने, घरका बेराघेरा भत्काउने जस्ता उभद्रो गर्दै आएका छन् । 
यता, हात्तीलाई आफ्नो क्षेत्रमा फर्काउन माथिल्लो निकायमा जानकारी गराई सकेको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले बताउनु भयो । उहाँका अनुसार जंगली हात्तीहरु भएका कारण केही समस्या सृजना भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech