चन्द्रपुर ३ गैँडाटारबाट ट्याक्टरमा ढुंगाले छोपेर तस्करी गरिएको काठ शसस्त्र प्रहरीद्धारा बरामद

781 Shares

गणेश खड्का
रौतहटको चन्द्रपुर नगरपालिका ३ को गैँडाटारबाट ट्याक्टरमा ढुंगामुनि काठ लुकाएर लाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सालको गोलिया काठ बरामद गरेको छ ।चन्द्रपुर नगरपालिका १० स्थित बालचनपुरको एक चिरान मिलमा लाँदै गरेको अवस्थामा उक्त काठ बरामद भएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ११ हे.क्वा.गण रौतहटले जनाएको छ । 
चन्द्रपुर नगरपालिका १० स्थित बालचनपुरमा चिरान मिल सञ्चालन गरेर बसेका मुकेश साहले पाँच थान सालको गोलिया ना ४ त ८३६६ नम्बरको ट्याक्टरमा लोड गरेर त्यसमाथि ढुंगा राखेर लाँदै गरेको सुराकीका आधारमा पुगेको शसस्त्र प्रहरी बल सुरक्षा वेश सन्तपुरको शसस्त्र प्रहरीको टोलीले काठ बरामद् गरेको हो।
ट्याक्टरचालक चन्द्रपुर नगरपालिका १० का अन्दाजी २३ वर्षीय फिरोज मन्सुरीलाई समेत नियन्त्रणमा लिएको शसस्त्र प्रहरीले जनाएको छ ।ट्याक्टर धनी तथा चिरान मिल सञ्चालक मुकेश साह भने सशस्त्र प्रहरीलाई देख्नासाथ भागेका छन्। शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको काठ र ट्याक्टर आवश्यक कार्बाहीका लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाएको छ ।
वन कर्मचारी र बाटोमा पर्ने सन्तपुर प्रहरी चौकी,डुमरिया प्रहरी चौकीलाई मिलाएर चिरान मिल सञ्चालक साहले यसभन्दा पहिला पनि यसैगरी सालको गोलिया चोरी गर्ने गरेको स्थानीयको भनाई छ ।रौतहटका वनहरुमा वन कर्माचारीहरु र काठ तस्करहरुको मिलेमतोमा ठुलो मात्राका काठ तस्करी हुने गरेको पाइएको छ ।

सम्बन्धित समाचार