Close This

विद्यालयमा साईबर क्राईम विरुद्ध प्रहरीको प्रशिक्षण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-१७ गते   २९४ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले आफ्नो कार्यक्षेत्रभि रहेका विद्यालयहरुमा समुदाय–प्रहरी–साझेदारी अन्र्तगत सुरक्षा चेतना सम्बन्धि प्रशिक्षण कार्यक्रम गरेको छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले लालबन्दी नगरपालिका–५, मा रहेको एभरेष्ट एकेडेमी र लालबन्दी नगरपालिका ९ मा रहेको जनज्योती माविमा समुदाय–प्रहरी–साझेदारी अन्र्तगत सुरक्षा चेतना सम्बन्धि प्रशिक्षण कार्यक्रम गर्नुभएको हो ।
सो क्रममा प्रहरी निरिक्षक थापाले साइवर क्राइम, फेसबुक लगायत सामाजिक संजालबाट हुने अपराध, साइवर बुलिङबाट पर्ने असर, अपराध गर्ने सोचबाट परिवर्तन हुने तरिका लगायत सुरक्षित र शान्त समाजको विकास गर्ने विषयमा प्रशिक्षण दिनु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
एभरेष्ट एकेडेमीमा कक्षा ९ र १० मा अध्ययनरत करिब एक सय जना विद्यार्थीहरु र जनज्योती माविमा कक्षा ११ र १२ मा अध्यायनरत करिब २ सय जना विद्यार्थीहरुलाई सहभागि गराई प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको प्रहरी प्रमुख प्रहरी निरिक्षक थापाले जानकारी दिनु भयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक थापा तथा उक्त विद्यालयका शिक्षक, विद्यार्थी र प्रहरी कर्माचारीहरुको सहभागिता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech