देश भरकै सबैभन्दा बढी २० स्थानिय निकाय रहेको सर्लाहीमा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । जिल्लामा ईश्वरपुर, लालबन्दी, हरिपुर, हरिवन, बागमती, बरहथवा, गोडैता, बलरा, मलंगवा, हरिपुर्वा, कविलासी नगरपालिका रहेका छन् । भने कौडेना, बिष्णु, चक्रघट्टा, चन्द्रनगर, धनकौल, पर्सा, बसबरिया, ब्रम्हपुरी, रामनगर गाउँपालिका रहेका छन् ।
२० वटा स्थानिय निकाय रहेको सर्लाहीमा स्थानिय किायको निर्वाचन २०७९ बैशाख ३० मा १२ वटा स्थानिय निकाय नेपाली कांग्रेस,४ वटा स्थानिय निकाय नेकपा(माओवादी केन्द्र), २ वटा स्थानिय निकाय जनता समाजवादी पार्टी, १ वटा स्थानिय निकाय लोकतान्त्रीक समाजवादीपार्टी,१ वटा स्थानिय निकाय नेकपा(एमाले)ले जितेका छन् ।
स्थानिय निकायको निर्वाचन २०७९ मा सर्लाहीका अधिकांश स्थानिय नियकाहरुमा नयाँ अनुहार आएका छन् । जसबाट जिल्लाका मतदाताहरु पनि परिवर्तनको पक्षमा रहेका देखिन्छ । पहिलो कार्यकाल पुरा गरेका जनप्रतिनिधि भन्दा नयाँ क्षमता भएका उम्मेदवारहरुलाई जिल्लाका मतदाताले भोट दिएका छन् । ५ वर्षदेखिको असन्तुष्टि मतदाताले निर्वाचनमा देखाएका छन् । जिल्लाको रामनगर गाउँपालिकामा देश भर कै दोस्रो कान्छा उम्मेदवार राजाबाबु यादव देखि जिल्ला मै पहिलो पटक बरहथवा नगरपालिकामा महिला नगरप्रमुख कल्पना कुमारी कटुवाललाई मतदाताहरुले रुचाएका छन् ।
मधेशको जिल्ला भउका कारण पनि विकास निर्माणसँग जोडिएको आगामी योजनाभन्दा पनि खानपान र कसले कसलाई कानुनी झमेलामा कति मदत ग¥यो भन्ने हिसाब किताब मतदाताले गरेको देखिन्छ ।
दिनहुँ हुने भोज भतेर, तडकभडक लगायतले स्थानीय विकासको चाहना बोकेर गाउँमा भोट दिन पुगेकालाई केही निराश पनि नबनाएको होइन । संघियता पछिको पहिलो स्थानिय निकायको २०७४ को निर्वाचनपछि सडकमा बढी विकास देखिएको जिल्लामा नयाँ अनुहार वा नयाँ कार्यकालका लागि चुनिएका जनप्रतिनिधिले विकास गर्ने मतदाताको अपेक्षा छ ।
सर्लाहीमा २०७९ को स्थानीय निकायको निर्वाचनमा कुन पालिकामा कुन पार्टीले जिते ?
लालबन्दी नगरपालिका
जिल्लाको लालबन्दी नगरपालिकाले यस पटक कम्युनिष्टको ३० वर्षे सक्ता भत्काएको छ । नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेद्वारी फिर्ता र गठबन्धनका उम्मेद्वारलाई समर्थन गर्ने पत्र लालबन्दी नगरपालिकाको नगरप्रमुख पदका उममेदवार बासुदेव अधिकारीलाई पठाए पनि त्यसलाई लत्याउँदै चुनावी प्रचारमा होमिएका नेपाली कांग्रेस लालबन्दी नगर कमिटिका उम्मेदवार वासुदेव अधिकारी लालबन्दी नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनु भयो ।
लालबन्दीमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार अधिकारीले ९ हजार ५ सय ६१ मत प्राप्त गर्दै जित निकाल्दा उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का गोविन्दबहादुर महतले ७ हजार ८ सय ८३ मत प्राप्त गर्नुभयो । यस्तै, लालबन्दीमा उप प्रमुखतर्फ काङ्ग्रेसकी कल्पना पाख्रिन निर्वाचित हुनु भयो । पाख्रिनले ८ सय ८ सय ५० मत ल्याउँदा उहाँकी निकटम प्रतिद्वन्द्वी एमालेकी सनसरीमाया थिङले ८ हजार १ सय ५९ मत प्राप्त गर्नुभयो ।
नगरपालिकामा कांग्रेससँग गठबन्धन नै नभए पनि नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री देउवाले गठबन्धनलाई सघाउनु भनेपछि आक्रोशित बनेका लालबन्दी कांग्रेसका नेता तथा कार्यकर्ताले उम्मेदवारी फिर्ता हुन दिएनन् । उम्मेदवारी दर्ताको समयमा केन्द्रबाट ढिला पत्राचार भएपछि लालबन्दीस्थित निर्वाचन कार्यालयले नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार अधिकारीको उम्मेदवारी कायम नै राखेको थियो ।
दोस्रोपटक पनि केन्द्रबाट नै सभापति एवम प्रधानमन्त्री देउवाको हस्ताक्षर रहेको गठबन्धनलाई सघाउनु भन्ने पत्र आएपछि स्थानीय कांग्रेसी आक्रोशित हुँदै कुनै पनि हालतमा पछाडि नहट्ने अडानमा रहेका थिए ।
यस्तै १७ वटा वडा रहेको लालबन्दी नगरपालिकाको १ मा स्वतन्त्र उम्मेदवार हरी बहादुर भट्टराई ५ सय ५७ मत , वडा नम्बर २ मा नेकपा(माओवादी केन्द्र)का किरण कुमार पासवान १ हजार २९ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका बुद्ध देव चौधरी ४ सय ९७ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका सत्यनारायण चौधरी ७ सय ८३ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका मिन प्रसाद ढुंगेल(रामु) ९ सय ४० मत, वडा नम्बर ६ मा नेकपा (एमाले)का लाल बहादुर योन्जन ५ सय ३७ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका कृष्णकुमार कार्की (गोपाल) १ हजार ४९ मत, वडा नम्बर ८ मा नेकपा(माओवादी केन्द्र)का शुक्र बहादुर पाख्रिन ४ सय ६० मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका नारायण अधिकारी ७ सय ७६ मत, वडा नम्बर १० मा नेपाली कांग्रेसका तोप बहादुर श्रेष्ठ ४ सय ८० मत, वडा नम्बर ११ मा नेकपा एमालेका दिपक कुमार लामा ७ सय १५ मत, वडा नम्बर १२ मा नेकपा (माओवादी केन्द्र)का दुर्गा बहादुर आले ३ सय ९८ मत, वडा नम्बर १३ मा नेपाली कांग्रेसका शिव कुमार वैद्य ५ सय १६ मत, वडा नम्बर १४ मा नेकपा(एमाले)का छेनाम सिंह घिसिङ ८ सय ३१ मत, वडा नम्बर १५ मा नेकपा(माओवादी केन्द्र)का गोरख बहादुर बल ६ सय २१ मत, वडा नम्बर १६ मा नेकपा(माओवादी केन्द्र)का गणेश बहादुर थापा ८ सय १८ मत र वडा नम्बर १७ मा नेकपा(माओवादी केन्द्र)का विष्णु हरी अधिकारी ९ सय ७९ मत प्राप्त गर्दै वडा अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।
बागमती नगरपालिका
बागमती नगरपालिकामा नगर प्रमुख र उप प्रमुखमा नेकपा(माओवादी केन्द्र)का भरतकुमार थापा र लिला कुमारी मोक्तान दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो । नगर प्रमुखमा थापाले ११ हजार ३ सय ५७ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का टंकबहादुर बस्नेत (गोकुल) ले ७ हजार ३ सय ६८ मत पाउनु भयो ।
उप प्रमुखमा मोक्तानले १० हजार ८ सय ७९ मत ल्याउँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सरिता घिसिङले ७ हजार ७ सय ५ मत पाउनुभयो । यस्तै १२ वटा वडा रहेको बागमती नगरपालिकाको १ मा नेकपा(माओवादी केन्द्र)का गम्भीर सिं पाख्रिन १ हजार १ सय १५ मत, वडा नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का टेक बहादुर बल ४ सय ७५ मत, वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र)का तिलक बहादुर मोक्तान १ हजार १ सय ३७ मत, वडा नम्बर ४ मा नेकपा(माओवादी केन्द्र)का कृष्ण कुमार लामा १ हजार ८ सय २२ मत, वडा नम्बर ५ मा नेकपा(माओवादी केन्द्र)का कृष्ण बहादुर वाइबा १ हजार २ सय ८५ मत, वडा नम्बर ६ मा नेकपा(माओवादी केन्द्र)का गोपाल बहादुर थापा ४ सय ९४ मत, वडा नम्बर ७ मा नेकपा (माओवादी केन्द्र)का दुर्गा बहादुर हेन्जन ८ सय ६४ मत, वडा नम्बर ८ मा नेकपा(एमाले)का डम्बर बहादुर कार्की ६ सय ३८ मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका दिनेश राय ५ सय १७ मत, वडा नम्बर १० मा नेकपा(माओवादी केन्द्र)का जुगेर कादीर ५ सय ११ मत, वडा नम्बर ११ मा नेकपा(माओवादी केन्द्र)का प्रदीप आचार्य ९ सय १६ मत र वडा नम्बर १२ मा नेकपा(माओवादी केन्द्र)का ओम बहादुर श्रेष्ठ १ हजार २ सय १९ मत ल्याउँदै निर्वाचित हुनु भयो ।
हरिवन नगरपालिका
हरिवनको नगरपालिकाको नगर प्रमुखमा नेकपा(माओवादी केन्द्र)का रमेश बुढाथोकी (कमल) विजयी हुनु भएको छ ।त्यस्तै उप प्रमुखमा नेकपा (एमाले)की हरिमाया घलान विजयी हुनु भएको छ । मतगणनाका क्रममा निकै प्रतिस्पर्धा देखिएको हरिवनको नगर प्रमुखमा बुढाथोकीले निवर्तमान नगर प्रमुख नेकपा (एमाले)का गणेश प्रसाद प्रसाईंलाई १ सय ५३ मतले पराजित गर्नु भयो । ७ हजार २ मतसहित बुढाथोकी विजयी हुँदा प्रसाईंले ६ हजार ८ सय ४९ मत पाउनु भयो । आफ्नो पार्टीका एकजना पनि वडाअध्यक्ष र वडा सदस्य विजयी नहुँदा समेत माओवादी केन्द्रका बुढाथोकी नगर प्रमुखमा विजयी हुनु भएको हो ।
त्यस्तै उप प्रमुखतर्फ एमालेकी घलान ६ हजार ८ सय ५५ मत सहित विजयी हुँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी पद्मा मोक्तानले ५ हजार ३ सय २१ मत ल्याउनु भयो । यस्तै ११ वटा वडा रहेको हरिवनको वडा नम्बर १ मा नेपाली कांग्रेसका टम बहादुर तामाङ १ हजार १ सय ५ मत, वडा नम्बर २ मा नेपाली कांग्रेसका अर्जुन कुमार योन्जन ९ सय ४६ मत, वडा नम्बर ३ मा नेकपा एमालेका दीपमान लोप्चन ७ सय ६६ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका केशव राज थापा ५ सय ६१ मत , वडा नम्बर ५ मा नेकपा (एकिकृत समाजवादी)का नागेन्द्र कुमार शाह ७ सय ३१ मत, वडा नम्बर ६ मा नेकपा (एकिकृत समाजवादी)का सन्तलाल घिसिङ ५ सय ४४ मत, वडा नम्बर ७ मा नेकपा एमालेका निरध्वज कार्की ३ सय ७९ मत, वडा नम्बर ८ मा नेकपा एमालेका प्रज्वल ढुंगाना ९ सय ४८ मत , वडा नम्बर ९ मा नेपाली कांग्रेसका कोकिला नन्द उप्रेती ९ सय ६५ मत, वडा नम्बर १० मा नेकपा एमालेका शम्भु प्रसाद मैनाली ६ सय ९० मत र वडा नम्बर ११ मा नेकपा एमालेका शेष महबुब रेजा १ हजार १ सय ३३ प्राप्त गर्दै वडा अध्यक्ष पदमा निर्वाचित हुनु भयो ।
बलरा नगरपालिका
बलरा नगरपालिकाको पनि नगर प्रमुख र उप प्रमुखमा नेकपा(माओवादी केन्द्र)का उम्मेद्वारहरु विजयी भएका छन् । नगर प्रमुखमा ४ हजार ६ सय ४३ मत ल्याउँदै रामाशंकर प्रसाद कुशवाह निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रीक समाजवादी पार्टीका निवर्तमान नगर प्रमुख समेत रहेका अभय कुमार सिंहले ३ हजार ६ सय ३१ मत पाउनु भयो । त्यस्तै उप प्रमुखमा माओवादी केन्द्रकी कोशिला देवी ४ हजार ३ सय ५१ मत ल्याएर विजयी हुँदा उहाँकी निकटतम प्रतिस्पर्धी लोकतान्त्रीक समाजवादी पार्टीकी रागन देवीले ३ हजार ७ सय ४० मत प्राप्त गर्नुभयो ।
११ वटा वडा रहेको बलरा नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका नन्दलाल राउत ३ सय ३० मत, वडा नम्बर २ मा नेकपा एमालेका राम नारायण सहनी ५ सय ४५ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका आनन्द मोहन मिश्र ४ सय २३ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसमा मनी भुषण सिंह ४ सय २० मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका मनोज कुमार सिंह ४ सय ८९ मत, वडा नम्बर ६ मा लोसपाकी अनिता देवी सहनी ७ सय ४५ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका प्रविन कुमार सिंह ६ सय ७ मत, वडा नम्बर ८ मा नेपाली कांग्रेसका छेत्नु साह ६ सय ५ मत, वडा नम्बर ९ मा नेकपा (माओवादी केन्द्र)का विरेन्द्र प्रसाद चौधरी ५ सय ६६ मत, वडा नम्बर १० मा नेकपा (माओवादी केन्द्र)का दिनेश प्रसाद कुशवाहा ६ सय ८३ मत र वडा नम्बर ११ मा नेकपा (माओवादी केन्द्र)का सुखलाल सहनी ५ सय १८ मत ल्याउँदै निर्वाचित हुनु भएको छ ।
रामनगर गाउँपालिका
जिल्लाको रामनगर गाउँपालिकामा देश भर कै दोस्रो कान्छा २२ वर्षे युवा उम्मेदवार निर्वाचित हुनु भएकोछ ।नेकपा (माओवादी केन्द्र)को तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका राजा बाबु यादव ४ हजार ८१ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३ सय ९२ मत ल्याउनु भयो । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का पुरषोतम प्रसाद चौधरीले १ हजार ६ सय ३४ मत प्राप्त गनृुभयो ।
रामनगर गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकै गीता देवी ३ हजार ५ सय २३ मत ल्याएर विजयी हुँदा कांग्रेसकी कोशिला साहले २ हजार ६ सय ३७ मत ल्याउनु भयो । तेस्रो स्थानमा रहेकी एमालेकी निलम यादवले १ हजार ७ सय ८७ मत प्राप्त गर्नुभयो ।
७ वटा वडा रहेको रामनगर गाउँपालिकामा वडा नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का ब्रहमदेव चौधरी ४ सय ८६ मत , वडा नम्बर २ मा नेकपा(माओवादी केन्द्र)का सदानन्द यादव ७ सय ७६ मत, वडा नम्बर ३ मा नेकपा(माओवादी केन्द्र)का अजय यादब ४ सय ५५ मत, वडा नम्बर ४ मा नेकपा एमालेका बिरेन्द्र ठाकुर ८ सय ८४ मत, वडा नम्बर ५ मा नेकपा (माओवादी केन्द्र)का श्रीनन्दन प्रसाद यादव ६ सय ७७ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गुदर साह ५ सय ४७, र वडा नम्ब ७ मा नेपाली कांग्रेसका गौरी शंकर पंडित कुम्हार ५ सय १३ मत ल्याउँदै निर्वाचित हुनु भएको छ ।
ईश्वरपुर नगरपालिका
जिल्लाको ईश्वरपुर नगरपालिकाकोनगरप्रमुख र उप प्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । नगर प्रमुखमा मनोज कुमार आचार्य र उपप्रमुखमा रंजित देवी चौधरी विजयी हुनु भएको हो ।
नगर प्रमुखमा निर्वाचित हुनु भएका आचार्यले ८ हजार ४ सय ८० मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगर प्रमुख नेकपा एमालेका मनोज कुमार देवकोटाले ५ हजार ९ सय ६० मत प्राप्त गर्नुभयो । यस्तै,नेकपा (माओवादी केन्द्र)का डा.जय प्रकाश चौधरीले ४ हजार ८ सय ३६ , लोसपाका नागेश्वर महतोले २ हजार ७ सय २८ मत प्राप्त गर्नु भयो ।
उप प्रमुखमा कांग्रेसकी रंजिता देवी चौधरीले ८ हजार २ सय ६८ मत ल्याउँदा उहाँकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी निवर्तमान नगर उप प्रमुख एकावती देवी चौधरीले ६ हजार ३ सय ५३ मत पाउनु भयो । नेकपा(माओवादी केन्द्र)की भिष कुमारी विश्वकर्माले ३ हजार ९ सय ४ , लोसपाकी मोहर देवी साह तेलीले २ हजार ८ सय ४ मत प्राप्त गर्नुभयो ।
१५ वटा वडा रहेको इश्वरपुर नगरपालिकाको नम्बर १ मा नेकपा एमालेका धर्मेन्द्र राय यादव ५ सय ९६ मत , वडा नम्बर २ मा नेकपा एमालेका सुरेन्द्र बहादुर कार्की ५ सय ६४ मत , वडा नम्बर ३ मा नेकपा एमालेका विश्वनाथ सहनी,मलाह ५ सय ३१ मत , वडा नम्बर ४ मा नेपाली कांग्रेसका प्रेम कुमार थिंङ तामाङ ७ सय ८६ मत , वडा नम्बर ५ मा जसपाका पंची महतो ८ सय २९ मत , वडा नम्बर ६ मा नेकपा एमालेका महमद रहमद अन्सारी ६ सय ७२ मत , वडा नम्बर ७ मा नेपाली कांग्रेसका नाथुराम चौधरी ५ सय ५२ मत , वडा नम्बर ८ मा नेपाली कांग्रेसका श्याम बहादुर थापा ५ सय ५७ मत , वडा नम्बर ९ मा नेपाली कांग्रेसका नन्द लाल चौधरी ४ सय ७१ मत , वडा नम्बर १० मा नेपाली कांग्रेसका रास नारायण चौधरी ३ सय ८७ मत , वडा नम्बर ११ मा लोसपाका राम दुलार साह ४ सय ६ मत , वडा नम्बर १२ मा नेकपा एमालेका देवी बहादुर खत्री ८ सय १ मत , वडा नम्बर १३ मा नेकपा एमालेका तिल बहादुर तामाङ ५ सय ८९ मत , वडा नम्बर १४ मा नेकपा(माओवादी केन्द्र)का सित कुमार महतो कोइरी ६ सय ४६ मत र वडा नम्बर १५ मा नेपाली कांग्रेसका उमेश कुमार चौधरी ७ सय ९८ मत ल्याउँदै निर्वाचित हुनु भयो ।
हरिपुर नगरपालिका
हरिपुर नगरपालिकामा नेपाली कांग्रेसका गोपाल पजियार नगरप्रमुख पदमा निर्वाचित हुनुभयो । उहाँले ६ हजार ९ सय ३८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार सुनिलकुमार बुढाथोकीले ३ हजार ८ सय ८७ मत प्राप्त गर्नुभयो । त्यसैगरी उप प्रमुखमा नेपाली कांग्रेसकै निलम राय यादव ५ हजार ५ सय ५२ मत प्राप्त गरी निवार्चित हुँदा उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा(एकीकृत समाजवादी)की उम्मेदवार शिला कार्कीले ४ हजार ७६ मत प्राप्त गर्नुभयो ।
९ वटा वडा रहेको हरिपुर नगरपालिकाको वडा नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का नानी बाबु थापा ७ सय ८० मत, वडा नम्बर २ मा नेकपा एमालेका निल विक्रम थापा ६ सय १८ मत, वडा नम्बर ३ मा नेकपा(माओवादी केन्द्र)का लाल महमद शेष ५ सय ६८ मत, वडा नम्बर ४ मा नेकपा एमालेका संजय प्रसाद शाह ७ सय ६१ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी ५ सय ५९ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका प्रेम हरी श्रेष्ठ ६ सय ६२ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका मनोज कुमार चौधरी १ हजार ४ सय ७० मत, वडा नम्बर ८ मा नेकपा(एकिकृत समाजवादी)का हरी बहादुर थापा ५ सय ४० मत र वडा नम्बर ९ मा नेकपा(एकिकृत समाजवादी)का विश्वनाथ राय १ हजार १ सय ८७ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भयो ।
मलंगवा नगरपालिका
जिल्लाको सबै भन्दा पुरानो मलंगवा नगरपालिकाको नगर प्रमुख र उप प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार नागेन्द्रप्रसाद यादवले ९ हजार ७८ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उममेदवार निवर्तमान नगर प्रमुख निरसल साहले ४ हजार ६ सय ३९ मत प्राप्त गनृुभयो । यस्तै उप प्रमुखमा नेपाली कांग्रेसकै उम्मेदवार शकुन्तलादेवी साह ५ हजार १ सय ४३ मत प्राप्त गर्दै निर्वाचित हुँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी जसपाकै पानोदेवीले ५ हजार १ सय ३९ मत प्राप्त गर्नुभयो ।
१२ वटा वडा रहेको मलंगवा नगरपालिकाको नम्बर १ मा नेपाली कांग्रेसका नवल किशोर यादव ४ सय २३ मत , वडा नम्बर २ मा नेकपा एमालेका धीरेन्द्र शाह ८ सय ६४ मत, वडा नम्बर ३ मा जसपाका प्रमोद कुमार यादव ८ सय ६६ मत, वडा नम्बर ४ मा जसपाका रविन्द्र राय ६ सय ७७, वडा नम्बर ५ मा नेकपा एमालेका मो.जुलफ फकार अलि ६ सय १३ मत, वडा नम्बर ६ मा जसपाका राम कैलास यादव ९ सय ३० मत, वडा नम्बर ७ मा नेकपा(माओवादी केन्द्र)का मो. इशा मिकरानी ६ सय ४७ मत, वडा नम्बर ८ मा जसपाका मुकेश कुमार जैसवाल ६ सय ७ मत, वडा नम्बर ९ मा जसपाका चन्देश्वर राय ५ सय १६ मत, वडा नम्बर १० मा जसपाका मुकेश कुमार झा ४ सय २८ मत, वडा नम्बर ११ मा नेकपा(माओवादी केन्द्र)का नन्द किशोर राय ५ सय ४३ मत र वडा नम्बर १२ मा नेपाली कांग्रेसका राम दरेश राय ६ सय ८८ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
गोडैता नगरपालिका
राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको गृहजिल्ला सर्लाहीमा लोकतान्त्रिक समाजवादी पार्टीले यही एक नगरपालिकामा जीत हासिल गरेको छ ।
जिल्लाको गोडैता नगरपालिकाको नगर प्रमुख र उप प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरु निर्वाचित भएका छन् । गोडैता नगरपालिकाको नगर प्रमुखमा लोसपाका देवेन्द्र कुमार यादव र उप प्रमुखमा लोसपा कै अन्जना कुशवाहाले जीत निकाल्नु भएको हो । ५ हजार २ सय ९४ मत सहित यादव नगरप्रमुखमा दोस्रोपटक निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र प्रसाद कुशवाहाले ४ हजार ७ सय ५२ मत पाउनु भएको छ ।
त्यसैगरी उप प्रमुखमा पनि लोसपाकी अञ्जना कुशवाहा दोस्रोपटक निर्वाचित हुनु भएको हो । उहाँले ५ हजार ३ सय १ मत ल्याउँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामसखी देवीले ४ हजार ४ सय ९३ मत प्राप्त गर्नुभयो ।
यस्तै १२ वटा वडा रहेको गोडैता नगरपालिकाको वडा नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का सोजित महतो ३ सय ८ मत , वडा नम्बर २ मा नेकपा(माओवादी केन्द्र)का अजय प्रसाद शाह १ हजार ११ मत, वडा नम्बर ३ मा लोसपाका विजय प्रसाद यादव ८ सय ७८ मत, वडा नम्बर ४ मा लोसपाका राजाराम शाह ३ सय ६४ मत, वडा नम्बर ५ मा लोसपाका प्रकास प्रसाद गुप्ता ८ सय ७३ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका सचिन्द्र महतो ५ सय ९७ मत, वडा नम्बर ७ मा लोसपाका विनेश कुमार दास ५ सय १७ मत, वडा नम्बर ८ मा नेकपा एमालेका मिरेन्द्र कुमार झा ४ सय १२ मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका दशै सहनी ३ सय ४७ मत, वडा नम्बर १० मा नेकपा एमालेका वैधनाथ मण्डल ४ सय ९८ मत, वडा नम्बर ११ मा नेकपा एमालेका विश्वनाथ पण्डित ५ सय ५९ मत र वडा नम्बर १२ मा लोसपाका केशव कुमार ७ सय ५८ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
हरिपुर्वा नगरपालिका
हरिपुर्वा नगरपालिकाको नगर प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।हरिपुर्वा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका विनोदकुमार साह तेली ५ हजार ९९ मत ल्याउँदै निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका योगनारायण रायले ३ हजार ४ सय ९५ मत पाउनु भयो ।
यस्तै उप प्रमुखमा पनि नेपाली कांग्रेसकी उम्मेदवार सुमित्रा देवी ग्वारनी ४ हजार ३ सय ९१ मत प्राप्त गर्दै निर्वाचित हुँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी सुनितादेवी यादवले ३ हजार ४ सय मत पाउनु भयो ।
९ वटा वडा रहेको हरिपुर्वा नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका श्याम बाबू राय ३ सय ७५ मत, वडा नम्बर २ मा लोसपाका दिनेश राय यादव ६ सय ६२ मत, वडा नम्बर ३ मा जसपाका प्रमोद कुमार राय ८ सय ६ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका नोखेलाल राय यादव ७ सय १२ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका विजय भुषण प्रसाद शाह ७ सय २५ मत, वडा नम्बर ६ मा जसपाको राम सोगारथ राय यादव ३ सय ८४ मत, वडा नम्बर ७ मा जसपाका उमेश राय यादव ५ सय ४ मत, वडा नम्बर ८ मा लोसपाका रामेश्वर राय २ सय १८ मत र वडा नम्बर ९ मा लोसपाका सुरेन्द्र महतो कोइरी ७ सय ६४ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
कविलासी नगरपालिका
कविलासी नगरपालिकाको नगर प्रमुख तथा उप प्रमुखमा नेपाली कांग्रेसका ब्रम्हदेव राय र पुनम कर्ण निर्वाचित हुनु भएको छ । तत्कालीन राजपाबाट जित निकाली यसपटकको चुनावमा एमालेबाट उम्मेदवार बनेका निवर्तमान मेयर कौशलकिशोर यादव तथा जसपाका उम्मेदवार बनेकी निवर्तमान उप प्रमुख राधादेवीलाई हराउँदै कांग्रेसले जित निकालेको हो ।
नेपाली कांग्रेसको तर्फबाट कविलासी नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार रायले ६ हजार ४ सय ४४ मतसहित निर्वाचित हुँदा उहाँका निकट्तम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेश रायले ४ हजार ६ सय ६३ मत ल्याउनु भयो । नेकपा एमालेबाट उम्मेदवार बनेका निवर्तमान नगर प्रमुख कौशलकिशोर यादवले ३ हजार ५ सय १८ मत मात्र प्राप्त गर्नुभयो ।
यस्तै, उप प्रमुखमा कांग्रेसकै पुनम कर्ण ६ हजार ९ सय ७ मत ल्याई विजयी हुँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी जसपाकी उम्मेदवार तथा निवर्तमान उप प्रमुख राधादेवी ४ हजार ९ सय १६ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भयो ।
१० वडा रहेको कविलासी नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका दिपलाल राय यादब ६ सय ३७ मत, वडा नम्बर २ मा नेकपा(एकिकृत समाजवादी)का राम पुकार मण्डल ५ सय १ मत, वडा नम्बर ३ मा नेकपा एमालेका राम विश्वास राय ५ सय ४८ मत, वडा नम्बर ४ मा जसपाका गिरधारी राय १ हजार २ सय ८ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका सुरेन्द्र राय ६ सय १८ मत, वडा नम्बर ६ नेपाली कांग्रेसका पुरुषोतम राय ७ सय ४५ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका धरवेन्द्र राय यादव ६ सय ९० मत, वडा नम्बर ८ मा नेपाली कांग्रेसका विरेन्द्र प्रसाद साह १ हजार १ सय ६५ मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका रामदिनेश राय ५ सय ९६ मत र वडा नम्बर १० मा जसपाका संजय महतो ६ सय २५ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भयो ।
चक्रघट्टा गाउँपालिका
चक्रघट्टा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका कृष्णकुमार यादव ५ हजार ९ सय १५ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजी साह तेलीले ३ हजार ५ सय २१ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका नेकपा(माओवादी केन्द्र)का विक्रम यादवले २ हजार १ सय ४४ मत पाउनु भयो ।
यस्तै, गाउँपालिका उपाध्यक्षमा पनि जसपाकै मिनादेवी रायले ५ हजार ८ सय १५ मत प्राप्त गर्दै निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी विमल जयसवालले ३ हजार २ सय ३ र माओवादी केन्द्रकी सजरा खातुनले १ हजार ८ सय ६९ मत पाउनु भयो ।
९ वटा वडा रहेको चक्रघट्टा गाउँपालिकाको वडा नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का राम सुरेश राय ३ सय ८८ मत , वडा नम्बर २ मा नेकपा(माओवादी केन्द्र)का विनोद कुमार राय ४ सय २ मत, वडा नम्बर ३ मा जसपाका दिनेश कुमार साह ७ सय ९२ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका फैयाज अहमद ९ सय २८ मत, वडा नम्बर ५ मा जसपाका नागेन्द्र प्रसाद साह ४ सय ५० मत, वडा नम्बर ६ मा जसपाका राजेश कुमार यादव ४ सय ९० मत, वडा नम्बर ७ मा नविन कुमार राय ८ सय १२ मत, वडा नम्बर ८ मा रामकैलाश राउत ७ सय ७३ मत र वडा नम्बर ९ मा जसपाका विजय कुमार यादव ५ सय ५५ मत ल्याउँदै निर्वाचित हुनुभयो ।
बसबरिया गाउँपालिका
बसबरिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवारहरु विजयी भएका छन् । बसबरिया गाउँपालिकाको अध्यक्षमा जसपाका रामसिंहासन राय ४ हजार ९ सय ४६ मतसहित विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसका रामअयोध्या यादवले २ हजार ८ सय ७१ मत प्राप्त गनृुभयो ।
गरे । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा जसपाकै सरिता कुमारी ४ हजार ७ सय ९५ मत सहित विजयी हुँदा उहाँकी निकतम् प्रतिद्वन्द्वी कांग्रेसकी निभा कुमारीले ३ हजार २ सय ३३ मत प्राप्त गर्नुभयो ।
६ वटा वडा रहेको चक्रघट्टा गाउँपालिकाको वडा नम्बर १ मा जसपाका शिवेन्द्र मोहन यादव १ हजार ४१ मत, वडा नम्बर २ मा नेपाली कांग्रेसका विन्देश्वर यादव ५ सय २९ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका नन्दलाल महतो ५ सय ६० मत, वडा नम्बर ४ मा जसपाका राजेन्द्र प्रसाद साह १ हजार १४ मत, वडा नम्बर ५ मा जसपाका रामचन्द्र राय ७ सय ८२ मत र वडा नम्बर ६ मा नेकपा एमालेका नागेन्द्र प्रसाद साह ५ सय ८० मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
चन्द्रनगर गाउँपालिका
चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)की गीता देवी महतो निर्वाचित हुनु भएको छ । ।निर्वाचित अध्यक्ष महतोले ३ हजार ९ सय ९५ मत मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का लोकेन्द्र मुखियाले ३ हजार ५ सय ३६ मत प्राप्त गर्नुभयो ।
निवर्तमान गाउँपालिका अध्यक्ष लोसपाका महेन्द्र महतोले २ हजार ८ सय ८५ मत ल्याउनुभयो । ७ वटा वडा रहेको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा रामेश्वर प्रसाद महतो ६ सय ४६ मत , वडा नम्बर २ मा नेपाली कांग्रेसका शम्भु साह तेली ६ सय १२ मत, वडा नम्बर ३ मा नेकपा(माओवादी केन्द्र)का सीताराम महतो ७ सय २३ मत, वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार राजीव सिंह दनुवार ५ सय ३० मत, वडा नम्बर ५ मा लोसपाका सुर्यवंश राय ५ सय ५७ मत, वडा नम्बर ६ मा नेकपा(माओवादी केन्द्र)का राम स्वरुप कुर्मी ४ सय ५६ मत र वडा नम्बर ७ मा नेकपा(माओवादी केन्द्र)का दिपेन्द्र कुमार चौधरी ५ सय ४८ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
कौडेना गाउँपालिका
जिल्लाको कौडेना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रूपेश कुमार र उपाध्यक्षमा नगिना देवी विजयी भएका हुन । ।गाउँपालिका अध्यक्षको लागि रुपेशले ५ हजार २ सय ८१ मत ल्याउँदै विजयी हुँदा उहाँका निकटम् प्रतिद्वन्दी जसपाका राज नन्दन प्रसादले २ हजार ४ सय ४१ मत प्राप्त गर्नुभयो । यसैगरी अध्यक्ष पदमै लोसपाका रामप्रसाद राय यादवले २ हजार ६५, जनमत पार्टीकी सावित्री धितालले ७ सय ६८, नेकपा(माओवादी केन्द्र)का महादेव साहले ७ सय १८ मत प्राप्त गर्नुभयो ।
गाउँपालिकाकै उपाध्यक्षमा नेपाली कांग्रेसकी नगिना देवीले ४ हजार ९ सय ६३ मत प्राप्त गर्दा उहाँकी निकटतम प्रतिद्वन्दी जसपाकी पलवी देवी यादवले २ हजार ६ सय ६२ मत ल्याउनु भयो । गाउँपालिका उपाध्यक्षकै लागि लोसपाकी बिन्दु कुमारी यादवले २ हजार १ सय ४४, नेकपा एमालेका सुनिता देवी रायले ७ सय ६ ल्याउनु भएको छ ।
यस्तै, ७ वटा वडा रहेको कौडेना गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका राजेश पटेलले ६ सय ८२, वडा नं.२ मा नेपाली कांग्रेसका राम दरेश ठाकुरले १ हजार १५,वडा नं. ३ मा जसपाका पचूँ चौधरी कल्वारले ७ सय,वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार राम विश्वास रायले १ हजार २ सय ५५, वडा नं. ५ को वडाध्यक्षमा नेपाली कांग्रेसकी अनिशा खातुनले ४ सय ४४, वडा नं.६ मा नेकपा(माओवादी केन्द्र)का राम उमेश रायले ४ सय ५५ र वडा नं. ७ मा राप्रपाका उम्मेदवार विजय कुमार यादवले ५ सय ९५ मत ल्याएर विजयी हुनु भयो ।
विष्णु गाउँपालिका
विष्णु गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले जित निकालेका छन् । गाउँपालिका अध्यक्ष पदका कांग्रेसका उम्मेदवार जवाहरलाल यादवले ३ हजार २ सय ११ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विजयकुमार यादवले ३ हजार ८० मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्ष कांग्रेसकी उम्मेदवार उषा देवी २ हजार ९ सय ४९ मत सहित विजयी हुँदा उहाँकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनिता देवी जसवालले २ हजार ४ सय ७० मत प्रापत गर्नु भयो ।
यस्तै ८ वटा वडा रहेको विष्णु गाउँपालिकाको वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका विकाउ ठाकुरले ३ सय ५४ मत, २ नम्बमा नेकपा(माओवादी केन्द्र) का मनोज प्रसाद यादव ३ सय ३१ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका जय कुमार चौधरी ४ सय ९० मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका विनोद राय यादव ३ सय ७१ मत, वडा नम्बर ५ मा जनता समाजवादीका कमोद राय यादव ४ सय ७६ मत, वडा नम्बर ६ मा कांग्रेसका नन्द किशोर यादव ८ सय ५४ मत, वडा नम्ब ७ मा जनता समाजवादी पार्टीका निरस राउत ४ सय ५७ मत र वडा नम्बर ८ नम्बरमा जनता समाजवादी पार्टीका जवाहर लाल राय ५ सय ७४ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
धनकौल गाउँपालिका
धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले जित निकालेका छन् ।धनकौल गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहको कांग्रेसका राम आश्रय शाह र उपाध्यक्षमा अकली सहनी विजयी हुनु भएको हो । विजयी गाउँपालिका अध्यक्ष शाहले ४ हजार ४ सय ७७ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार फकिरा महतोले ३ हजार ३ सय ७८ मत प्राप्त गर्नुभयो ।
गाउँपालिकाको निवर्तमान उपा अध्यक्ष समेत रहेकी कांग्रेसकै अकली सहनी ४ हजार ५ सय ४ मतका साथ विजयी हुनु भएको हो । भने उहाँकी निकटम् प्रतिद्वन्दी माओवादी केन्द्रकी निलम देवी सहनीले ३ हजार २ सय २५ मत प्राप्त गर्नुभयो ।
७ वटा वडा रहेको धनकौल गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका गौरी शंकर महतो ६ सय ९४ मत, वडा नम्बर २ मा नेपाली कांग्रेसका राम बहादुर सहनी १ हजार ४ सय ९९ मत, वडा नम्बर ३ मा नेकपा एमालेका अशोक कुमार यादव ५ सय २४ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका नरेन्द्र राय यादव ७ सय १ मत, वडा नम्बर ५ मा नेकपा(माओवादी केन्द्र)का गजेन्द्र महतो ५ सय ५३ मत, वडा नम्बर ६ मा नेकपा (माओवादी केन्द्र)का श्याम बाबु साह ४ सय ५ र वडा नम्ब ७ मा नेपाली कांग्रेसका राम लखन राय ८ सय ४ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
पर्सा गाउँपालिका
पर्सा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र राय र उपाध्यक्षमा नुतन देवी निर्वाचित हुनु भएको हो । अध्यक्षमा रायले ४ हजार ४ सय ६६ मत ल्याउँदा उहाँका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकाका उम्मेदवार दिनेश कुमार यादवले १ हजार ८ सय ५८ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै नतुन देवी २ हजार ३९ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार नसरुल खातुनले १ हजार ४१ प्राप्त गर्नुभयो । ६ वटा वडा रहेको पर्सागाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका सतेन्द्र रायले ४ सय ११ मत, वडा नम्बर २ मा नेकपा(एकीकृत समाजवादी)का राकेश रामले ३ सय ६३ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका रघुनाथ शाहले ६ सय ६३ मत, वडा नम्बर ४ मा लोसपाका सुवोध राय यादवले ९ सय ८० मत, वडा नम्बर ५ मा लोसपाका अनिल कुमार यादवले ३ सय ५२ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गणेश शाहले ४ सय ९४ मत ल्याउदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो।
ब्रम्हपुरी गाउँपालिका
ब्रम्हपुरी गाउँपालिकाको सबै वडा सहित गाउँपालिका अध्यक्ष र उपा अध्यक्ष पनि नेपाली कांग्रेसले जितेको छ । ७ वटा वडा रहेका ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा राम पदारथ साह तेलीले ४ हजार ६ सय ६८ मत ल्याएर विजयी हुँदा निवर्तमान गाउँपालिका अध्यक्ष लोसपाका विनोद कुमार साहले ३ हजार २ सय ७१ मत ल्याउनु भयो । जसपाका विरेन्द्र कुमार रायले १ हजार ९ सय ७, नेकपा(माओवादी केन्द्र)का कृष्ण रायले १ हजार ४ सय ८० र नेकपा एमालेकी रिता कुमारीले ५ सय २ मत ल्याउनु भयो ।
यसै उपाअध्यक्षमा नेपाली कांग्रेसकी श्यामकला यादवले ४ हजार ६ सय १० मत ल्याएर विजयी हुँदा उहहाँकी निकटम प्रतिद्वन्दी लोसपाकी गीतादेवी रायले ३ हजार १ सय ११ मत मात्र ल्याउनु भयो । जसपाकोतर्फबाट उपा अध्यक्ष पदकी उर्मिला देवीले २ हजार १ सय ९५, नेकपा एमालेका कोपिन्द्र राय यादवले ५ सय ८९ ल्याउनु भएको छ ।
यस्तै, ७ वटा वडा रहेको ब्रह्मपुरी गाउँपालिकाको वडा नं. १ मा निरंजन प्रसाद कलवारले ५ सय ७०,वडा नं. २ मा शंकर साह तेलीले ६ सय ९१,वडा नं. ३ मा गौतम कुमार यादवले ७ सय २,वडा नं. ४ मा श्याम बाबु साहले ७ सय ४४,वडा नं. ५ मा नविन कुमार यादवले ४ सय ६९, वडा नं. ६ मा हिरेन्द्र कुमार यादवले १ हजार १ र वडा नं. ७ मा रामसागर महतो कोइरीले ५ सय ७८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
बरहथवा नगरपालिका
जिल्लाको बरहथवा नगरपालिकाको नगर प्रमुखमा नेकपा(एमाले)की कल्पना कुमारी कटुवाल विजयी हुनु भएको छ । कटुवालले १२ हजार २ सय ७३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार निवर्तमान नगर प्रमुख देवानन्द महतोले ६ हजार ६ सय ६६ मत प्राप्त गर्नुभयो ।
यस्तै, नगर प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका विगुप्रसाद चौधरीले ६ हजार ५५, जसपाका जय प्रकाश रायले ३ हजार २ सय ९६ र लोसपाका प्रमोद कुमार रौनियारले १ हजार ४ सय ९८ मत प्राप्त गर्नु भएको छ ।
बरहथवा नगरपालिकाको उप प्रमुखमा पनि नेकपा(एमाले)का रामबाबु प्रसाद साहले ९ हजार ९ सय १ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दी गंगा दाहालले ७ हजार १ सय १९ मत प्राप्त गर्नुभयो । उप प्रमुखमा नेकपा(माओवादी केन्द्र)की सिता देवी माझीले ६ हजार ३ सय १४, जसपाका मिरा सिंह कोइरीले ४ हजार १२ मत र लोसपाकी प्रेम शिला सिंहले १ हजार ६ सय ९८ मत प्राप्त गर्नु भएको छ ।
१८ वटा वडा रहेको बरहथवा नगरपालिकाको वडा नम्बर १ मा लोसपाका राकेश सहनी १ हजार २ सय ३२,वडा नम्बर २ मा चेत बहादुर राउत ८ सय १५, वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार नन्दकिशोर महतो ७ सय ६२,वडा नम्बर ४ मा नेकपा एमालेका कृष्ण कुमार शाह ३ सय ४,वडा नम्बर ५ मा नेपाली कांग्रेसका शिव कुमार सिंह कोइरी ८ सय ३१,वडा नम्बर ६ मा नेपाली कांग्रेसका मोहम्मद अफताब आलम ५ सय ९६, वडा नम्बर ७ मा नेपाली कांग्रेसका राम प्रकाश दास ७ सय ६६,वडा नम्बर ८ मा नेकपा एमालेका राज किसोर महतो ५ सय ४३,वडा नम्बर ९ मा नेकपा(माओवादी केन्द्र)का तुलसी प्रसाद लुइँटेल ६ सय ५९,वडा नम्बर १० मा बहुजन एकता पार्टी नेपालकी सर्मिला कुमारी राम ६ सय ६, वडा नम्बर ११ मा नेपाली कांग्रेसका नवराज राई ५ सय ९२,वडा नम्बर १२ मा नेपाली कांग्रेसका रामजी राय यादव ४ सय ७२,वडा नम्बर १३ मा नेकपा एमालेका राजगिर दर्जि ४ सय ७७,वडा नम्बर १४ मा जसपाका दिपेन्द्र प्रसाद यादव ३ सय ६८,वडा नम्बर १५ मा नेकपा एमालेका राम बहादुर चौधरी ६ सय ९५, वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मी नारायण महतो ८ सय ६०, वडा नम्बर १७ मा जसपाका राम विश्वास राय ७ सय ५१ र वडा नम्बर १८ मा नेकपा एमालेका अरविन्द कुमार यादव ३ सय २७ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
२० वटा स्थानिय निकाय रहेको सर्लाहीमा स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० मा नेपाली कांग्रेसले १२ वटा, नेकपा(माओवादी केन्द्र)ले ४ वटा, जनता समाजवादी पार्टीले २ वटा,लोकतान्त्रीक समाजवादी पार्टीले १ वटा र नेकपा(एमाले)ले १ वटा स्थानिय निकायमा आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सफल भएको छ ।