Close This

दोस्रो बागमती मेयर कपको पहिलो खेलमा बागमती १२ बिजयी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-१८ गते   ३३३ पटक हेरिएको

सर्लाहीको बागमतीमा बिहीबारबाट सुरु भएको दोस्रो बागमती मेयर कपको पहिलो खेलर्मा  बागमती – १२ विजयी भएको छ । बागमती नगरपालिका ३ को अन्नपुर्ण साहारा क्लबको खेल मैदानमा भएको खेलमा बागमती – १ लाई बागमती – १२ १–२ को अन्तरले विजयी भएको हो ।
बागमती नगरपालिकाको सहयोगमा स्थानिय खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने र राम्रा खेलाडीलाई प्रत्येक वर्ष आयोजना हुदै आएको राजर्षि जनक कप फुट्बल प्रतियोगितामा अवसर प्रदान गर्ने योजनाका साथ खेल  सुरु भएको आयोजकले बताएको छ । 
बागमती – १ ले सुरुवाती खेलमा राम्रा ३ अवसर गुमाए पछि पहिलो हाफको अन्तिम समयमा बागमती – १२ ले १ गोल गरेको हो।  दोस्रो हाफ पछि पनि आक्रामक रुपमा प्रस्तुत भएको बागमती – १ आफ्नै खेलाडीको तालमेल नमिल्दा २–१ गोल अन्तरले बागमती – १२ संग पराजीत भएको हो ।
निर्धारित समयको अन्तिम मिनेटमा बागमती – १ ले पाएको फ्रि किकलाई राम्रो सदुपयोग गर्दै क्याप्टेन सुन्दर रानाले सोझै गोल पोष्टमा गोल गर्न सफल भएपनि जित निकाल्न भने सकेनन। प्रतियोगिताको पहिलो खेलमा बागमती – १२ ले २ – १ गोल अन्तरले बागमती – १ लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको आयोजकले बताएको छ ।
पहिलो खेलमा  म्यान अफ दि म्याच बागमती – १२ का खेलाडी सरोज प्रधान घोषित भएका छन् भने उनलाई म्यान अफ दि म्याचको ट्रफी र कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले  नगद रु २ हजार प्रदान गर्नु भएको छ ।
सर्लाही क्षेत्र नम्बर ३ ( क ) का प्रदेश सभा सदस्य माननीय उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, नेकपाका नेता बसन्त भट्टराई, नेपाली कांग्रेसका नगर सभापति दिपक रानाभाट, बागमती नगरपालिकाका खेल संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष  दिपक लामा, नेपाली कांग्रेसका नेता शेर बहादुर योञ्जन, विद्यार्थी नेता राजकुमार विश्वकर्मा, विवेक मैनाली, विनोद रेग्मी, लगायत स्थानिय जनप्रतिनिधिहरुको अपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech