सर्लाही क्षेत्र नं २ र प्रदेश सभा २(२)मा बाम लोकतान्त्रीक गठबन्धनबाट राय र यादव विजयी

1.1k Shares

सर्लाहीको क्षेत्र नं २ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।उनले लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई  २ हजार १३ मतान्तरले पराजित गर्दै जीत निकालेका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
बाम लोकतान्त्रीक गठबन्धनबाट साझा उम्मेदवार बन्नु भएका नेपाल समाजवादी पार्टी(नेसपा)का रायले २३ हजार ५ सय २९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका महतोले २१ हजार ५ सय १६ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले जानकारी दिए ।
उनका अनुसार विजयी हुनु भएका राय विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने लोसपाका महतो २०७४ सालमा नेकपा एमालेको सहयोगमा धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । यता, बाम लोकतान्त्रीक गठबन्धनका राय सर्लाही क्षेत्र नम्बर २ बाटै २०७४ सालमा पनि निर्वाचित भएका थिए ।
त्यसैगरी सर्लाही–२ प्रदेश सभा (२) बाट नेपाली कांग्रेसका कौशल किशोर राय यादव प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का उम्मेद्वार मेभुर चौधरीलाई १ सय ७९  मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  यादवले ९ हजार ६ सय २६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका चौधरीले ९ हजार ४ सय ४७ मत  पाएका छन् । यस संगै प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मंसिर ४ को प्रत्यक्ष तर्फको मतगणना सकिएको छ ।

सम्बन्धित समाचार