Close This

सर्लाहीको बलरामा माओवादी केन्द्रद्धारा नगर प्रमुख उप प्रमुख विजयी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-३ गते   २८१५ पटक हेरिएको

सर्लाहीको बलरा नगरपालिकाको नगर प्रमुख र उप प्रमुखमा नेकपा(माओवादी केन्द्र) जीत निकालेको छ । माओवादी केन्द्रका रामशंकर प्रसाद कुशवाहा नगर प्रमुख र कोशीला देवी नगर उप प्रमुखमा विजयी हुनु भएको हो ।नगर प्रमुख कुशवाहले ४ हजार ६ सय ४३ मत ल्याउनु भएको छछ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका अभयकुमार सिंहले ३ हजार ६ सय ३१ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका कौशल किशोर सिंहले २ हजार ६ सय ८१ मत ल्याएका छन् ।
उप प्रमुखमा माओवादी केन्द्रकी कोशीला देवीले ४ हजार ३ सय ५१ मत ल्याएर विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी राग्नी देवीले ३ हजार ७ सय ४० मत, नेपाली कांग्रेसकी किरण देवीले ३ हजार ८७ मत ल्याउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech