सर्लाहीमा दशैँभर भएका सवारी दुर्घटनामा आठ जनाको ज्यान गएको छ।नेपाालीहहरुकको महान चाड बढादशैँको घटस्थापनाको दिनदेखि कोजाग्रत पुर्र्णिमा अर्थात बुधबार(आज)बिहानसम्म जिल्लाभर भएका ५६ वटा सवारी दुर्घटना हुुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार पुर्व पश्चीम राजमार्गका साथै जिल्लाका भित्रि सडक खण्डहरुमा मोटरसाईकल,टिपर,ट्याक्टर,अटो,म्याजिक र स्कुल बस लगाायतका सवारी साधनहरु दुर्घटनामा संग्लग्न रहेका छन् ।
मोटरसाइकलको ठक्करबाट बागमती,रामनगर र हेमपुरमा गरी तीन जना,टिपरको ठक्करबाट लालबन्दीमा एक जना,अटो पल्टिँदा बसबरियामा एक जना,ट्याक्टरले किचेर नारायणपुरमा एक जना,ट्याक्टर दुर्घटना हुँदा खुटौनामा एक जना र स्कुल बसले ठक्कर दिँदा राजघाटमा एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवललपुर सर्लाहीकका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक रजोश घिमिरेले जानकारी दिए ।
बसबरिया गाउँपालिक ६, पोखरिया टोलमा हीरापुरबाट मदनपुरतर्फ गइरहेको मधेश प्रदेश–०२–००१ स ३०३० नम्वरको अटो साँढे गोरुसँग ठोक्किएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।दुर्घटनामा कविलासी नगरपालिका ३ का अन्दाजी ३९ वर्षीय भुवनारायण राय यादवको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।घाइते सात जनाको वीरगन्जमा उपचार भई रहेको छ ।
यता,सर्लाहीको बरहथवा नयाँरोड सडक खण्ड अन्र्तगत मुर्तिया जंगलमा म्याजिक दुर्घटना हुँदा चालक घाईते भएका छन् ।बरहथवाबाट नयाँ रोडतर्फ आउँदै गरेको ना १ ज ६८१० नम्वरको म्याजिक सव डिभिजन वन कार्यालय मुर्तिया नजिकै जंगलमा रुखमा ठोक्किदा लालबन्दी नगरपालिका ६ का अन्दाजी १८ वर्षीय सुदीप बिसुङ्खे घाइते भएका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।म्याजिक रुखमा गएर ठोक्किँदा चालक बिसुङ्खे घाइते भई गाडीभित्रै च्यापिएर अचेत अवस्थामा प्रहरीले उद्धार गरेको हो ।म्याजिकमा अन्य यात्रु नरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै १४ दिनसम्म जिल्लाभर भएका ५६ वटा सवारी दुर्घटनामा एक सय १२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको तथ्यांकमा उल्लेख गरिएको छ ।अन्य वर्षको तुलनामा यो वर्ष दशैँ अवधिमा सवारी दुर्घटना बढेका पाइएको छ।चाडपर्वको समयमा सवारी साधनहरुले क्षमता भन्दा बढी यात्रुहरु बोक्ने,तिब्रगति हुने साथै माद्यक पदार्थ सेवन गरेर सवारी साधनहरु सञ्चालन गर्नुका साथै सडक इजाजत पत्र लागु नहुने भएकाले जथाभावि सवारी साधनहरु सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेको जानकारहरुको भनाई छ ।