Close This

कमलामाई खबर डटकमको समाचार प्रभाव ः यौन दुव्र्यवहारको जाहेरी ईप्रका लालबन्दीले दर्ता गर्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-१० गते   ४२७ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा रहेको ईलाका प्रहरी कायार्यलय लालबन्दीले यौन दुव्र्यवहारको जाहेरी दर्ता गरेको छ । यौन दुव्र्यवहार सम्बन्धी पीडित पक्षले लिएर गरेको जाहेरी दर्ता गर्न आनाकानी गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीले कमलामाई खबरडटकममा जाहेरी दर्ता गर्न मानेन प्रहरीले सम्बन्धी समाचार प्रकाशन भएपछि प्रहरीले जाहेरी दर्ता गरेको छ ।

लालबन्दी नगरपालिका ६ स्थित रहेको प्रेम ज्योति आधारभूत विद्यालयका एक शिक्षकले आफुहरुमाथी पटक पटक यौन दुव्र्यवहार गरेको उजुरी लिएर ईलाका प्रहरी कार्यालय लालबन्दीमा जाँदा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जाहेरी दर्ता गर्न नमानेपछि पीडित पक्षले गुनासोगरेका र सोही विषयलाई समाचार प्रकाशन गरिएको थियो । समाचार प्रकाशन पछि प्रहरीले यौन दुव्र्यवहारको जाहेरी दर्ता गरेको पीडित पक्षको भनाई छ ।
लालबन्दी नगरपालिका ६ स्थित रहेको प्रेम ज्योती आधारभुत विद्यालयका एक शिक्षकले आफुहरुलाई पटक पटक यौन दुव्र्यवहार गरेका भन्दै सोही विद्यालया अध्यायनरत छात्राहरुले बिहीबार आफ्ना अभिावकहरु लिएर ईलाका प्रहरी कायार्यलय लालबन्दी गएर यौन दुव्र्यवहार गरेको आरोपमा जाहेरी दिएका भएका भएपनि प्रहरी निरिक्षक कार्कीले जाहेरी दर्ता गर्न नमाने पछी पीडित पक्ष मिडियामा आएका थिए ।  
 लालबन्दी नगरपालिका ६ स्थित रहेको  विद्यालयमा अध्यायनरत छात्राहरुले प्रहरी समक्ष गुनासो गरेपछि प्रहरीले ती एक शिक्षकलाई  नियन्त्रणमा लिएको भएपनि र छलफल गरी मिलाउन समेत प्रयास गरेको थियो । सो विषयमा पनि कमलामाई खबरडटकमले समाचार प्रकाशन गरेको थियो । त्यसपछि छात्राहरुको मेडिकल गरि जाहेरी दर्ता प्रहरीले जाहेरी दर्ता गरेको पीडित पक्षको भनाई छ ।
 लालबन्दी नगरपालिका ६ स्थित रहेको प्रेम ज्योति आधारभूत विद्यालयमा कक्षा ६  लगायत अन्य कक्षामा अध्यायनरत छात्राहरुले विद्यालयका एक शिक्षकले आफुहरुलाई दुव्र्यवहार गरेको आरोप लगाउदै शुक्रबार प्रहरीमा जाहेरी दर्ता गराएका हुन ।
यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधब प्रसाद बुढाथोकीले जाहेरी प्रहरी समक्ष आएको भए कुनै पनि हालतमा दर्ता हुने र कानुन अनुसार पीडिकलाई कार्बाही हुने कमलामाई खबरलाई बताउनु भएको थियो ।  सोही विषयमा तपाईले यौन दूव्र्यवहारको जाहेरी लिएर आउँदा दर्ता नगर्नु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रहरी निरिक्षक कार्कीले ईलाका प्रहरी कायार्यलय लालबन्दीमा आउन र बसेर छलफल गर्न भनेका थिए ।तर कमलामाई खबरडटकमको टोली प्रहरी कार्यालय नगई निरन्तर समाचार प्रकाशन गरि रहेको थियो ।
त्यस्तै सोही विषयलाई लिएर समाचार संकलन गर्न ईलाका प्रहरी कार्यालय लालबन्दी पुगेका प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका सचिव रमेश अधिकारी(रितिक)लाई ईलाका प्रहरी कार्यालय परिसरमा समेत प्रवेश गर्न प्रहरीले रोक लगाएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech