नेपाल सरकारका चार जना मन्त्री विरुद्ध अख्तियारमा युवराजको उजुरी

379 Shares

नेपाल सरकारका चार जना मन्त्रीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।नेपाल सरकारका उपप्रधान एवम् अर्थ मन्त्री विष्णु प्रसाद पौडेल,परराष्ट्र मन्त्री डा. आरजु राणा(देउवा),ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीविरुद्ध अख्तियारमा उजुरी परेको हो ।
युवराज पौडेल(सफल)ले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालमा उनीहरु विरुद्ध उजुरी दर्ता गराएका हुन ।उजुरीमा विभिन्न काण्डमा मुछिएका व्यक्तिहरू मन्त्री बन्न योग्य नभएको उल्लेख गरिएको छ।अर्थमन्त्री पौडेलको सम्पत्ति छानबिन हुनुपर्ने माग उजुरीमा गरिएको छ।उनीमाथि ललिता निवास र सुकुम्वासी जग्गा लगायतका जग्गा प्रकरणमा मुछिएको आरोप लगाइएको छ । 
यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा के कति कारणले डा.आरजु राणा(देउवा)लाई अनुसन्धानकै दायरामा नल्याई छोडिएको हो त्यो कानून सम्मत र न्यायसम्मत देखिँदैन अतः तत्काल अनुसन्धान गर्न भन्दै युवराजले अख्तियारको ध्यानाकर्षण गराएका छन्।ऊर्जा मन्त्री खड्कामाथि जल विद्युत् व्यवसायीहरुलाई नै ऊर्जा मन्त्रालयको जिम्मेवारी दिँदा स्वार्थ बाँझिएको भन्दै जग्गा हडपेको आरोप लागेको छ।श्रममन्त्री भण्डारीमाथि वैदेशिक रोजगारीमा जानेहरूमाथि आर्थिक भार थप्ने निर्णय गरेको र ट्राभल एजेन्सीहरूलाई पोस्ने काम गरेको उजुरीमा आरोप छ ।आरोपबाट सफाइ नपाउँदासम्म चारै जना मन्त्री पदमा बस्ने अवस्था नरहेको उजुरीमा उल्लेख छ।अख्तियारले आवश्यक अनुसन्धान एवम् कारबाही नगरेमा आफू सर्वोच्च अदालत गएर भए पनि आवश्यक कानूनी उपचार खोज्न बाध्य हुने युवराजले बताए ।

सम्बन्धित समाचार